२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कोशी प्रदेश

कोशी प्रदेशसभा : प्रतिस्थापन विधेयक टेबुल

१६ असार २०८२, सोमबार १६:००

कोशी प्रदेशसभाको आजको बैठकमा ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८२ लाई प्रतिस्थापन गर्न बनेको विधेयक, २०८२’ सदनमा टेबुल भयो ।

आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले प्रस्ताव गर्नुभएको सो विधेयक सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतले स्वीकृत भइ विधेयकमा छलफल हुनेभएको छ ।

छलफलपछि मन्त्री भण्डारीले आजै जवाफ दिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका उपसचिव गौतमराज अमात्यले जानकारी दिनुभयो ।

विशेष समय

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) कोशी प्रदेशसभा संसदीय दलका नेता राजेन्द्रकुमार राईले आफ्नो नेतृत्वमा बनेको प्रदेश सरकारले कुनै बेथितिको काम नगरेको स्पष्ट पार्नुभयो ।

सो समयमा बजेटको आकार ठूलो भएकाले जिल्ला जिल्लामा जाने बजेट पनि ठूलै भएको धारणा राख्दै नेता राईले अहिलेको सरकारले सदनमा प्रस्तुत गरेको तथ्याङ्क र अनुमान गलत छ भन्नुुभयो । उहाँले कानुनसँग नमिल्ने र भविष्यमा प्रभावित पार्न सक्ने योजना तथा नीतिका विषयमा आफू जानकार रहेको प्रष्ट पार्दै सरकारले गैरसरकारी विधेयक र प्रदेशसभा नियमावली विधेयक बजेट अधिवेशनमै छिनोफानो गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

शून्य समय

कोशी प्रदेशसभा सदस्य गोम्बु शेर्पाले धान रोप्ने समयमा किसानले सहज ढङ्गले मल नपाएको र कसैले पाइने हालेमा घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता कहिलेसम्म किसानले भोग्ने सरकारसँग प्रश्न गर्नुभयो ।

अर्की सदस्य सपना दर्जीले विपद्पछि सरकारले वितरण गर्ने राहत, उद्धार र खोजका निम्ति सरकारले पूर्वतयारी जनस्तरसम्म गर्नुपर्ने ध्यानाकर्षण गराउनुभयो । उहाँले यसका लागि स्थानीय सरकार र जनसमुदायसँग सहकार्य गरेर विपद् आउनुअघि पूर्णतयारी भएर बस्नुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य