2026-07-29 08:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कोशी प्रदेश

कोशी प्रदेशसभा : प्रतिस्थापन विधेयक टेबुल

2025-06-30

कोशी प्रदेशसभाको आजको बैठकमा ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८२ लाई प्रतिस्थापन गर्न बनेको विधेयक, २०८२’ सदनमा टेबुल भयो ।

आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले प्रस्ताव गर्नुभएको सो विधेयक सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतले स्वीकृत भइ विधेयकमा छलफल हुनेभएको छ ।

छलफलपछि मन्त्री भण्डारीले आजै जवाफ दिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका उपसचिव गौतमराज अमात्यले जानकारी दिनुभयो ।

विशेष समय

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) कोशी प्रदेशसभा संसदीय दलका नेता राजेन्द्रकुमार राईले आफ्नो नेतृत्वमा बनेको प्रदेश सरकारले कुनै बेथितिको काम नगरेको स्पष्ट पार्नुभयो ।

सो समयमा बजेटको आकार ठूलो भएकाले जिल्ला जिल्लामा जाने बजेट पनि ठूलै भएको धारणा राख्दै नेता राईले अहिलेको सरकारले सदनमा प्रस्तुत गरेको तथ्याङ्क र अनुमान गलत छ भन्नुुभयो । उहाँले कानुनसँग नमिल्ने र भविष्यमा प्रभावित पार्न सक्ने योजना तथा नीतिका विषयमा आफू जानकार रहेको प्रष्ट पार्दै सरकारले गैरसरकारी विधेयक र प्रदेशसभा नियमावली विधेयक बजेट अधिवेशनमै छिनोफानो गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

शून्य समय

कोशी प्रदेशसभा सदस्य गोम्बु शेर्पाले धान रोप्ने समयमा किसानले सहज ढङ्गले मल नपाएको र कसैले पाइने हालेमा घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता कहिलेसम्म किसानले भोग्ने सरकारसँग प्रश्न गर्नुभयो ।

अर्की सदस्य सपना दर्जीले विपद्पछि सरकारले वितरण गर्ने राहत, उद्धार र खोजका निम्ति सरकारले पूर्वतयारी जनस्तरसम्म गर्नुपर्ने ध्यानाकर्षण गराउनुभयो । उहाँले यसका लागि स्थानीय सरकार र जनसमुदायसँग सहकार्य गरेर विपद् आउनुअघि पूर्णतयारी भएर बस्नुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरि आफ्नै बाबुको हत्या गर्ने छोरा पक्राउ मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक सेप्टिक ट्यांकीमा फसेर तीन जना मजदुरको मृत्यु सेयर बजार निरन्तर ओरालोतिर रास्वपाको केन्द्रीय समिति बैठक जारी नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिले बलिङ गर्ने, सन्दीप र सोमपाल बाहिर हुण्डी कारोबारको आरोपमा एक जना पक्राउ ट्रकले ठक्कर दिँदा एक बालकसहित ३ जनाको मृत्यु देश सबैको हो, साम्प्रदायिक गतिविधिले सबैलाई घाटा हुन्छ: रवि लामिछाने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई अस्पताल भर्ना सुनसरी घटना समाधानका लागि प्रधानमन्त्रीज्यू अत्यन्तै गम्भीर हुनुहुन्छ: अर्थमन्त्री वाग्ले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव हाम्रो वर्षौदेखिको सम्पत्ति हो, यसलाई बचाउनुर्छ: गगन थापा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो सुनसरी घटनाबारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक सुरु चिकित्सकमाथि कुटपिट र अस्पताल तोडफोड गर्नेलाई कारबाही गर्न निर्देशन नेपालको लोकतान्त्रिक आन्दोलनमा गोपालमान श्रेष्ठले निभाउनु भएको भूमिका सधैं स्मरणीय रहनेछ: देउवा नेपाली कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक चिकित्सकको माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह नेप्से परिसूचक सामान्य अङ्कले घट्यो त्रिविको प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना पक्राउ