2026-09-14 03:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनको बेइजिङमा नेपालको पर्यटन प्रवर्द्धन

2025-06-30

काठमाडौँ । चीनको राजधानी बेइजिङमा नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ । नेपाल पर्यटन बोर्डले बेइजिङ अन्तरराष्ट्रिय पर्यटन प्रदर्शनी (बीआइटिई) २०२५ मार्फत नेपाल गन्तव्यको प्रवर्द्धन गरेको हो । नेपाल पर्यटक स्वागतका लागि प्रकृति, संस्कृति र साहसिकताको अद्वितीय संयोजनसहित तयार रहेको सन्देश दिइएको छ ।

बेइजिङको चाओयाङ जिल्लास्थित चाइना इन्टरनेश्नल एक्जिविसिज सम्पन्न तीनदिने प्रदर्शनीका क्रममा बोर्डका वरिष्ठ प्रबन्धक सुमन घिमिरेले नेपाल प्रकृति, संस्कृति, साहसिकता र पाहुना सत्कारको अनुपम संयोजनसहित पर्यटक स्वागतका लागि तयार रहेको बताउनुभयो । उहाँले छिमेकी मुलुक चीन नेपालका लागि पहिलेदेखि पर्यटकीय स्रोत मुलुक भएकाले स्वागतका लागि तयार भएको उल्लेख गर्दै नेपालले कला, संस्कृति, होलिडे, बुद्धिजमलगायत विषयलाई पर्यटन प्याकेजमा राखेकोसमेत उल्लेखन गर्नुभयो ।

२७ जुनदेखि सुरू भएको प्रदर्शनीका क्रममा बोर्डले नेपालको आध्यात्म, सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यलाई सशक्त रूपमा अन्तरराष्ट्रिय मञ्चमा प्रस्तुत गरेको हो । प्रदर्शनीमा आएका पर्यटन व्यवसायी र अवलोकनकर्ताहरूले नेपालको सफ्ट एड्भेन्चर, सांस्कृतिक परिपथ, आध्यात्मिक गन्तव्य तथा छोटो अवधीका विश्राम भ्रमणहरूमा गहिरो चासो देखाएको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ । नेपालप्रति देखिएको विशेष आकर्षणलाई प्रतिविम्बित गर्दै, नेपालको पविलियनलाई ’बेस्ट पपुलारिटी अवार्ड’ समेत प्रदान गरिएको थियो ।

बोर्डका अनुसार पहिलो दुई दिन बीटुबी नेटवर्किङ र अन्तिम दिन बीटुसी अन्तरक्रियालाई लक्षित गरी प्रदर्शनी गरिएको थियो । नेपाल पर्यटन बोर्डले प्रदर्शनीको साइडलाइन सत्रमा एक विशेष गन्तव्य प्रस्तुतीका क्रममा चिनियाँ पर्यटन व्यवसायीसँग सहकार्य गर्दै नेपाली भ्रमणलाई ‘लाइफटाइम एक्सपेरियन्स’ बनाउने सन्देश पनि दिएको छ ।

नेपाल पविलियन यहाँको समृद्ध सांस्कृतिक र ऐतिहासिक सम्पदा, हिमाली रोमाञ्चक अनुभवहरू तथा विविध पर्यटकीय सम्भावनाहरूलाई आकर्षक शैलीमा चित्रण गरिएको थियो । सहभागी निजी पर्यटन व्यवसायीहरूले पनि नेपालका उत्कृष्ट ट्राभल प्याकेजहरू प्रस्तुत गर्दै पर्यटकलाई बहुआयामिक अनुभव दिने क्षमताको बारेमा जानकारी गराएका थिए ।

बीआटीई–२०२५ मा नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, बेइजिङस्थि नेपाली दूतावासका उपनियोग प्रमुख रोशन खनाल, आर्थिक मामिला विभागबाट पार्वती अर्याल तथा अन्य उच्च अधिकारीहरूले नेपाल पविलियन अवलोकन गरेका थिए ।

नेपाली प्रतिनिधिमण्डलले माल्दिभ्स र रुसको सेन्ट पिटर्सबर्गका पर्यटन व्यवसायीसँग द्विपक्षीय पर्यटन प्रवर्द्धनका लागि छलफलसमेत गरेका थिए । बोर्डले आगामी दिनमा यी सम्पर्क र अन्तरक्रियालाई प्रभावकारी कार्यान्वयनमा रूपान्तरण गर्दै बेइजिङलगायत आसपासका सहरहरूबाट नेपाल आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुने विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले