2026-09-14 03:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युवा लक्षित लगानी र जलवायुमैत्री शासनमा जोड

काठमाडौँ | सरोकार भएकाहरूले युवा लक्षित लगानी वृद्धि, युवा तथा जलवायुमैत्री स्थानीय शासन प्रणालीको विकासमा जोड दिएका छन् ।

ब्रिटिस काउन्सिल नेपालसँगको सहकार्यमा जागृति बाल तथा युवा सरोकार नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा युवा, जलवायु र वातावरणसँग सम्बन्धित नीति निर्माण प्रक्रिया तथा तीनै तहका सरकारमा युवाको पहुँच सुनिश्चित गरिनुपर्नेमा जोड दिएका हुन् ।

गण्डकी प्रदेशको मध्यबिन्दु नगरपालिका क्षेत्रमा बालिका सशक्तीकरण कार्यक्रम र सुनवल नगरपालिकामा रहेका युवा अभियन्ताले विद्यमान संरचनामा युवा प्रतिनिधित्वको प्रभावकारी कार्यान्वयन गर्नुका साथै युवामैत्री स्थानीय शासनका लागि थप स्रोत र लगानी परिचालन गर्न आवश्यक रहेकामा जोड दिए ।

गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका युवाहरूले वर्षाको चुनौतीका बाबजुद समुदायमा गरिएका सकारात्मक कामको अनुभव बाँड्दै युवामा लगानी गर्नाले उनीहरूको क्षमता अभिवृद्धि हुने र जलवायुसम्बन्धी अभियान अझै प्रभावकारी हुने बताए ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा सुदीप ठकुरीले जलवायु अनुकूलन र समावेशी कदमका लागि युवा नेतृत्व अपरिहार्य भएको र यस्ता अभियानमा सशक्त भएर लाग्न युवालाई आग्रह गर्नुभयो ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) नेपालका विनिता कार्कीले जलवायुमैत्री शासन र युवामैत्री शासन प्रवर्द्धनमा राष्ट्रिय युवा परिषद् र जागृति बाल तथा युवा सरोकार नेपालसँगको सहकार्यमा विगतमा भएका असल अभ्यासको अनुभव सुनाउँदै यसबाट गरे के हुन्न भन्ने उदाहरण प्रस्तुत भएको बताउनुभयो ।

ब्रिटिस काउन्सिल नेपालका कार्यक्रम व्यवस्थापक केवल श्रेष्ठले युवालाई वातावरण संरक्षणसँग सम्बन्धित विषयमा ज्ञान र सीप दिएर परिवर्तनका बाहकका रूपमा क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका गोविन्दप्रसाद पोखरेलले युवासँग सहकार्य गर्न तयार रहेको बताउँदै वातावरण संरक्षण र पर्यावरणको विकासका निम्ति अगाडि बढ्न आग्रह गर्नुभयो ।

गैरसरकारी संस्था महासङ्घ नेपालकी वरिष्ठ उपाध्यक्ष नानीमाया थापाले पैसा हुँदा मात्र कार्यक्रम सञ्चालन गर्ने नभई साझेदारीको माध्यमबाट कार्यक्रमलाई दिगो बनाउनुपर्ने बताउनुभयो ।
प्रतिनिधिसभाका सदस्य तथा कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्य सूर्य ढकालले विपद् सूचना प्रणालीलाई व्यवस्थित गरी लागू गर्ने र पाठ्यक्रममा विपद्को विषय राख्ने योजना रहेको सुनाउनुभयो । युवाको विकास, समृद्धि र उद्यमशीलता प्रति सरकार एवं संसद् गम्भीर रहेको उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले