काठमाडौँ | नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ हजार ४०० रुपैयाँले बढेको हो। यससँगै मंगलबार छापावाल सुन तोलामा १ लाख ९० हजार ५०० रुपैयाँ कायम भएको छ। यसअघि सोमबार छापावाल सुन तोलामा १ लाख ८८ हजार १०० रुपैयाँ कायम भएको थियो।
यस्तै चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । यससँगै सोमबार तोलामा २१ सय ५० रुपैयाँ रहेको चाँदी मंगलबार तोलामा २१ सय ५५ रुपैयाँमा कायम भएको छ।