विजय थापा/भदौ २३, अमेरिका l गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको निर्वाचनमा अन्य ३ जना प्रतिस्प्रद्धिलाई उछिन्दै अध्यक्ष पदमा दोश्रो पटक च"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विजय थापा/भदौ २३, अमेरिका l गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको निर्वाचनमा अन्य ३ जना प्रतिस्प्रद्धिलाई उछिन्दै अध्यक्ष पदमा दोश्रो पटक च"/>

2026-10-26 07:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनआरएन अमेरिकाको अध्यक्षमा दोश्रो पटक पौडेल बिजयी


विजय थापा/भदौ २३, अमेरिका l गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको निर्वाचनमा अन्य ३ जना प्रतिस्प्रद्धिलाई उछिन्दै अध्यक्ष पदमा दोश्रो पटक चिकित्सक केशव पौडेल निर्वाचित भएका छन l

अध्यक्ष पदमा केहि समय अगाडी सम्म करिब ५ जनाले उम्मेदवारी दिएका थिए l तर अन्तिम समयमा अध्यक्ष पदका उम्मेदवार गौरी जोशीले उम्मेदवारी फिर्ता लिए पछि अन्तिम प्रतिस्प्रद्धामा केवल चिकित्सक केशव पौडेल सहित ४ जना मात्र उम्मेद्वारहरु मैदानमा उत्रिएका थिए l पौडेलले ४६.७ प्रतिसत मत ल्याई पुन: बिजयी भएका छन् l

मतदान गत सेप्टेम्बर ५ देखि सेप्टेम्बर ६ तारिख सम्म बिहान ८ बजे देखि मतदान बिधुतिय प्रकिया द्वारा निर्वाचन भएको थियो l गत बुधबार राती सेप्टेम्बर ६ तारिख ११:५९ मिनेट पूर्वीय समय सम्पन्न मत गणना अनुसार चिकित्सक पौडेलका निकटतम प्रतिद्वन्दीहरु रविना थापा ,राम सी पोखरेल ,तथा कृष्ण पोख्रेल रहेका थिए l चिकित्सक पौडेलले आफ्नो चुनाबी प्रचार प्रसारमा पहिलो कार्यकालमा अधुरा रहेका काम गर्न पुन :अवसर दिन आग्रह समेत गरेका थिए l 

जम्मा १४ हजार ५ सय २० मतदाता मध्ये ९ हजार २ सय ८२ मत खसेको छ l कुल ६४ प्रतिसत मत खसेको निर्वाचन आयोगले जनाएको छ l यसै गरि वरिष्ठ उपाधक्ष्य पदमा सुनिल शाह बिजयी भएका छन् l ४ जना क्षेत्रीय उपाध्यक्षमा बिजयी हुने उम्मेदवारहरुमा क्रमस दक्षिण क्षेत्रका लागि जेदु पोख्रेल ,मध्य पश्चिम क्षेत्रको लागि राधा पौडेल ,उत्तर पूर्व क्षेत्रको लागि राम कुमार सुबेदी तथा पश्चिमक्षेत्र को उमा कार्की थापा रहेका छन् l 

यसै गरि महासचिबमा बाबुराम लामा बिजयी भएका छन् भने सचिबमा होम नाथ गौतम बिजयी भएका छन् l यसै गरि कोषाध्यक्षमा प्रकाश अर्याल बिजयी भएका छन् l महिला संयोजकमा इन्दिरा त्रिपाठी बिजयी भएकी छिन् l यसै गरि कार्यकारी समितिको सदस्यहरुमा अमृत कट्टेल ,आङ्ग ग्याल्जेन ,अरुण बन्जाडे ,बिन्दु सापकोटा ,दिव्या केसी ,गोपेंद्र भट्टराई , कृष्ण लामिछाने ,प्रिती सगर खत्री,संजय थापा ,तृष्णा शर्मा तथा बिष्णु बहादुर शाह बिजयी भएका छन l 

यसै गरि आइसीसी सदस्यहरुमा डिल्ली भट्टराई ,बन्दना कोइराला ,बलराम थापा ,बेदराज बस्नेत ,बिष्णु मान प्रधान ,धर्म भट्टराई ,गोमा सेन तथा प्रकाश सापकोटा बिजयी भएका छन् l 

निर्वाचनको अनौपचारिक नतिजा बाहिर आए पछि शंका उपशका र विरोध सूरू किन सुरु ?

निर्वाचनको अनौपचारिक नतिजा बाहिर आए पछि शंका उपशका र विरोध सूरू भएको छ l निर्वाचन सकिएको केही मिनेट मै नतिजा सामाजिक संजालमा आए पछि मतदाता र उम्मेदवार आश्चर्य बनेका छन । र आक्रोश पोख्न थालेको समाचार ईनेप्लिज लांई प्राप्त भएको छ । निर्वाचन सकिएको करिव ३ मिनेट मा नतिजा निस्कनू ले निर्वाचन गर्ने निकाय फितलो र कमजोर रहेको आरोप लाग्न सूरू भएको छ ।

यसो हो भने ( ईलेक्सन बडी ) नामक निकायको यन्त्र नै क़ब्ज़ा गरि अंक यताउता पारेको पनि शंका उम्मेदवारहरूले गरेका छन । मत खसाल्न लाग्दा तपाईहरूले मत खसाएको भनि उम्मेदवारले प्रमाण दिने बताएका छन । ईलेक्सन बडीले गराएको निर्बाचन प्रति गोपनीयता र बिस्वसनीयताको प्रश्न खड़ा भएको छ l मतदान प्रक्रियामा त्रुटि जस्तो फेला परेकोले मतदान प्रक्रिया पनि छानबीन होस भन्ने पनि सामाजिक सञ्जालमा आइरहेको अवस्थामा प्रमुख निर्वाचन आयुक्तले सम्बोधन गर्ने हेतुले  दूर संचार प्रणाली( कन्फेरेन्स कल ) मा सरिक हुन् आव्हान गर्दै सम्बोधन गरिन l 

किन निर्वाचन आयुक्त बन्दिता शर्मा दाहाल द्वारा निर्वाचन परिणाम प्रकाशित गर्नु अघि दूर संचार प्रणाली( कन्फेरेन्स कल ) मा सरिक :

एनआरएन अमेरिकाकि निर्वाचन आयुक्त बन्दिता शर्मा दाहालले निर्वाचन आयोगले निर्वाचन परिणाम प्रकाशित गर्नु अगावै अनौपचारिक रुपमा सामाजिक संजालमा आएको निर्वाचन परिणाम आएकोले सामाजिक संजालमा हंगामा मच्चियो l सत्य तथ्य पत्ता लगाउन निर्वाचन समितिका सदस्य तथा निर्वाचन गराउने निकाय संग छलफल गरे पछि निर्वाचन आयुक्त दाहालले संचारकर्मी ,उम्मेदवार तथा अन्य सहभागीहरुको जानकारी दिदै जिज्ञाशालाई समेत सम्बोधन गरिन l 

आयुक्त शर्माले निर्वाचन मतदानमा कुनै ह्याक (अनधिकृत प्रवेश ) नभएको जानकारी दूर संचार प्रणाली( कन्फेरेन्स कल ) को मार्फत गराईन l प्रमूख निर्वाचन आयुक्त बन्दिता शर्मा दाहाल को नेतृत्वमा मतदान सम्पन्न भएको थियो भने ईलेक्सन बडी नामक निकायलाई बिधुतिय मतदानको जिम्मा दिइएको थियो l

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने