2026-08-05 04:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि शुक्लाफाँटामा सेन्सरयुक्त सौर्यबत्ती जडान

2025-07-07
काठमाडौँ । शुक्लाफाँटा नगरपालिकामा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि सेन्सरयुक्त सौर्यबत्ती जडान गरिएको छ । हिमालयन नेचरलगायतका संस्थाद्वारा सञ्चालित कनेक्ट परियोजनाअन्तर्गत शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बस्तीहरूमा सौर्यबत्ती जडान गरिएका हुन् ।
हिमालयन नेचरका कार्यक्रम संयोजक श्रीराम घिमिरेका अनुसार, जङ्गली जनावर बस्तीमा प्रवेश गर्ने मुख्य नाकाहरूमा रातको समयमा उज्यालो हुने व्यवस्था मिलाउन बत्ती जडान गरिएको छ । “सौर्य बत्ती साँझ परेपछि आफैँ बल्ने र बिहान उज्यालो हुँदा निभ्ने सेन्सरयुक्त प्रविधिमा आधारित छ,” उहाँले बताउनुभयो ।
निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत गठित सुनदेवी र त्रिशक्ति उपभोक्ता समितिको सहकार्यमा वडा नं १ देखि ७ सम्मका १० स्थानमा वत्ती जडान गरिएको छ । परियोजनाअन्तर्गत यस कार्यका लागि करिब रु १० लाख खर्च गरिएको छ ।
सुनदेवी उपभोक्ता समितिका अध्यक्ष भरतबहादुर बिष्टका अनुसार हात्ती, चित्तल, नीलगाईजस्ता जनावरहरू रातिका बेला बारम्बार बस्ती छिर्ने भएकाले उज्यालो भएपछि तिनीहरू तर्केर भाग्ने गर्दछन् ।  स्थानीय किसानले खेतबारीमा लगाएको तरकारी, अन्नबाली जोगाउन सौर्यबत्तीले सहयोग पु¥याउँदै छ ।
“मध्यवर्ती क्षेत्रका किसानहरू निकुञ्जबाट आउने वन्यजन्तुका कारण बर्सेनि अन्नबालीमा क्षति भोग्दै आएका छन्,” उहाँले भन्नुभयो, “विशेषतः वर्षा सुरु हुनुअघि भारतीय दुधुवा नेसनल पार्कबाट चुरे क्षेत्रमा पुग्ने हात्तीका बथानले भौतिक र मानवीय क्षति पु¥याउने गरेको छ ।”
“निकुञ्जका जनावरका कारण नगरपालिकाका १० बढी वडाहरू प्रभावित रहेका छन्,” त्रिशक्ति उपभोक्ता समितिका अध्यक्ष दमनबहादुर चन्दले भन्नुभयो, “जङ्गली जनावर प्रभावित सबै क्षेत्रमा सौर्यबत्ती जडानको कार्य हुन नसके पनि थोरै स्थानमा यस वर्ष बत्ती जडान गरिएको छ, अर्को वर्ष अन्य क्षेत्रमा सौर्यबत्ती जडान गर्दै लैजाने योजना रहेको छ ।”
मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाउन, बस्ती सुरक्षाको दृष्टिकोणले गरिएको सौर्यबत्ती जडान प्रभावकारी हुने अपेक्षा उहाँले गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धार्मिक तनाव र विवादको समाधानका लागि हिन्दु राष्ट्र पुन:स्थापना आवश्यक: राजेन्द्र लिङ्देन मुलुकलाई सबैभन्दा बढी आवश्यक परेको कुरा नीतिगत आत्मविश्वास हो: अर्थमन्त्री वाग्ले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक तरकारी बोकेको ट्रक दुर्घटना हुँदा ट्रकमा सवार एक जनाको मृत्यु सुनचाँदीको मूल्यमा भारी वृद्धि यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर विदेशबाट नेपाल फर्किने नेपालीलाई सुन तस्कर तथा दलालको प्रलोभनमा नपर्न आग्रह नक्कली सुकुम्वासी वास्तवमा असली सुकुम्वासीका दुस्मन हुन्: राजीव खत्री सरकार आर्थिक समृद्धिको लक्ष्यमा छ : परराष्ट्रमन्त्री खनाल सुनसरी घटनाको जिम्मा सरकारले लिनुपर्छ: भीष्मराज आङदेम्बे नेप्से परिसूचक २१.१५ अंकले घट्यो हिमाल आरोही निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न माग बाढी र पहिरोले पाँच सडकखण्ड अवरुद्ध मधेसमा जहिले पनि गोली मात्रै किन चल्छ, लाठी र टियर ग्यास किन चल्दैन? : सांसद सिंह नेपालमा एउटै मात्र सेना छ, त्यो हो नेपाली सेना: हर्कराज राई सुनसरी लगायतका घटनाको निष्पक्ष अनुसन्धान गर्न कांग्रेसको माग कम्तीमा एक महिना पुग्ने मौज्दात हुनेलाई ग्यासको लाइनमा नबस्न संघको आग्रह प्रतिनिधि सभा बैठक जारी सुनसरी घटनामा घाइते भएकामध्ये अर्का एक जना युवकको मृत्यु सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफलमा प्रधानमन्त्री बालेन