२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

वीरगञ्ज महानगरमा सार्वजनिक शौचालय नहुँदा समस्या

२६ असार २०८२, बिहीबार १२:१०
काठमाडौँ । वीरगञ्ज महानगरभित्र पर्याप्त मात्रामा सार्वजनिक शौचालय नहुँदा सडक व्यापारी तथा सडकमा हिँड्ने बटुवाहरूलाई समस्या हुँदै आएको छ ।
महानगरभित्र करिब आधा दर्जन स्थानमा मात्रै सार्वजनिक शौचालय छन् । भएका सीमित शौचालयको पनि शुल्क अधिकतम हुँदा सर्वसाधारणलाई समस्या हुँदै आएको हो । अधिकांशले सार्वजनिक शौचालयभन्दा पनि खुला स्थानमा शौच गर्दै आएका छन् ।
वीरगञ्जको घण्टा घरचोकसँगै सार्वजनिक शौचालय छ । पैसा नभएको बाहाना गरेर अधिकांश पुरुषहरू भने खुला रूपमा जथाभावी शौच गर्ने प्रवृत्ति देखिएको छ । घण्टाघरको सार्वजनिक शौचालयमा पिसाब फेरेको रु १०, दिसा गरेको रु १५ र नुहाउनेका लागि रु ४० तोकिए पनि सर्वसाधारण पैसाको अभाव देखाउँदै प्रयोग गर्दैनन् ।
वीरगञ्जको बिपी उद्यानस्थित खुला हाट व्यापारमा व्यापार गर्ने र सरसमान खरिद गर्न आउने पुरुष ग्राहकहरू खुला शौच गर्दै आइरहेका प्रकृति सेवा प्रतिष्ठान नेपालका अध्यक्ष जसपाल सिंहले बताउनुभयो ।
मिनाबजारमा अवस्थित नेपाल टेलिकमको महसुल काउन्टरको पर्खालमा पनि खुला शौच गर्नेको घुइँचो देखिन्छ । अहिलेसम्म पनि महानगर प्रहरीले सडक छेउछाउमा शौच गर्नेलाई सचेतना जगाउने तथा बानी सुधार्ने प्रयास गरेको छैन ।
प्रतिष्ठानका अध्यक्ष सिंहले वीरगञ्ज महानगरमा पर्याप्त मात्रामा सार्वजनिक तथा घुम्ती शौचालय नहुँदा सडक छेउछाउमा खुला रूपमा पिसाब फेर्ने प्रवृत्ति अझैसम्म नरोकिएको गुनासो गर्नुभयो । “यहाँ जहाँपयो त्यही थुक्ने र पिसाब फेर्ने बानी अधिकांशमा छ”, उहाँले भन्नुभयो, “यस्ता गतिविधिले वीरगञ्जलाई फोहर र दुर्गन्धित बनाउँदै आइरहेको छ ।” अध्यक्ष सिंहले वीरगञ्ज महानगरमा पटकपटक सुलभ र घुम्ती शौचालय व्यवस्थापनको लागि माग राख्दै आए पनि अहिलेसम्म सुनुवाइ नभएको गुनासो गर्नुभयो ।
प्रतिष्ठानले वीरगञ्ज महानगर प्रमुखमा राजेशमान सिंह निर्वाचित भएर आएपछि पनि विसं २०७९ जेठ १५ वीरगञ्जका सार्वजनिक सरोकारका २३ बुँदे सुझावसहित सुलभ र घुम्ती शौचालय आवश्यकता भएको भन्दै ध्यानाकर्षण गराएको थियो ।
“महानगरमा सार्वजनिक शौचालय पर्याप्त नहुँदा खुलमखुला शौच गरिरहेको दृश्य देख्नुपर्दा लाजैमर्दो हुन्छ”, उहाँले भन्नुभयो, “यहाँ सुलभ शौचालय, घुम्ती शौचालय (पिसाब फेर्नका लागि) तुरुन्त व्यवस्थापन तथा त्यसको दैनिक यथोचित सरसफाई गर्न आवश्यक भइसकेको छ ।”
ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले विगत केही वर्षअघि वीरगञ्जलाई खुला दिशामुक्त महानगर घोषणा गरेपनि कार्यान्वयन फितलो रहेको गुनासो गर्नुभयो । “पर्याप्त मात्रामा सार्वजनिक शौचालय नहुँदा पनि खुला ठाउँमा शौच गरिरहेको दृश्य देखिन्छ”, उहाँले भन्नुभयो, “सार्वजनिक शौचालय बनाएर सो प्रवृत्तिको अन्त्य गर्न जरुरी छ ।”
महानगरका सरसफाइ व्यवस्थापन शाखा प्रमुख सर्फुदिन मियाँले महानगरमा करिब आधा दर्जन बढी स्थानमा सार्वजनिक शौचालय रहेको जानकारी दिनुभयो । उहाँका अनुसार घण्टाघर, पुरानो बसपार्क, नयाँ बसपार्क, लक्ष्मणवाचोकलगायत स्थानमा शौचालय छन् । “यहाँको पावरहाउस चोकमा सार्वजनिक शौचालय निर्माण भइरहेको छ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने