२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मजदुरको न्यूनतम पारिश्रमिक कायम हुनुपर्नेमा जोड

२६ असार २०८२, बिहीबार १२:४१
काठमाडौं । कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले मजुदरको जीवनयापनका लागि पुग्ने न्यूनतनम पारिश्रमिक वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
संयुक्त ट्रेड युनियन समन्वय केन्द्रमार्फत ‘न्यूनतम पारिश्रमिक वृद्धि र श्रम कानुन कार्यान्वयन’सम्बन्धमा जिफन्टका केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठले आज बुझाउनुभएको चार बुँदे ज्ञापनपत्र बुझ्दै उहाँले मजदुरको सहज जीवनयापनका लागि पुग्ने पारिश्रमिक निर्धारण गर्न/गराउन प्रदेश सरकारले रोजगारदातासँग छलफल गरी कार्यान्वयन गराउने बताउनुभयो ।
मन्त्री राईले मजदुरहरूले मुलुकमा प्रजातन्त्र, लोकतन्त्रसहित सङ्घीयता स्थापनामा महत्त्वपूर्ण योगदान पुर्‍याएका चर्चा गर्दै श्रमिकको परिवारको पालनपोषणका लागि न्यूनतम पारिश्रमिक उपलब्ध गराउन आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले मुलुकमा औद्योगिक उत्पादन वृद्धि गरी समृद्धि कायम गर्न मजदुरको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
जिफन्टका केन्द्रीय अध्यक्ष श्रेष्ठले मजदुरको न्यूनतम पारिश्रमिक रु ३० हजार ४४३ हुनुपर्ने आफ्नो माग रहेको बताउनुभयो । जिफन्टका प्रदेश अध्यक्ष किशोर धमला, ट्रेड युनियन कांग्रेसका प्रदेश अध्यक्ष नारायणबाबु कार्कीलगायतले मजदुरको न्यूनीयन पारिश्रमिक वृद्धि गरी सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षाको व्यवस्था गराउनुपर्नेमा जोड दिनुभयो ।
यसअघि समन्वय केन्द्रले संसारीमाईस्थानमा निकालेको जुलुसले नगरको मुख्यमुख्य भागको परिक्रमा गरी महेन्द्र चोकमा पुगेर कोणसभामा परिणतमा परिणत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा