2026-10-05 03:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली सेनाले आयोजना गरेको स्वास्थ्य शिविरमा एक सय ५८ जना लाभान्वित

2025-07-10

काठमाडौँ । नेपाली सेनाले हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले बजारमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट १५८ जना स्थानीय बासिन्दा लाभान्वित भएका छन् । रणभीम गण मुडे ब्यारेक खोटाङले आयोजना गरेको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा ८४ जना महिला र ७४ जना पुरुष गरी एक सय ५८ जना नागरिक लाभान्वित भएका हुन् ।

मुडे ब्यारेकका गणपति प्रमुख सेनानी केदारप्रसाद लामिछानेको नेतृत्वमा खटिएको नेपाली सेनाको टोलीले निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै औषधिसमेत वितरण गरेको थियो । उक्त शिविर सञ्चालनका क्रममा जिल्ला अस्पताल खोटाङले विशेषज्ञ चिकित्सकसहित औषधि र उपकरण, हलेसी तुवाचुङ नगरपालिकाले समन्वय तथा नेपाली सेनाले समग्र व्यवस्थापनको जिम्मा लिएको थियो ।

नागरिक र नेपाली सेनाबीचको सम्बन्ध थप प्रगाढ बनाउँदै ग्रामीण क्षेत्रका जनतालाई गाउँमै निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अर्खौलेमा एक दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको प्रमुख सेनानी लामिछानेले जानकारी दिनुभयो । आयोजक पक्षका अनुासार स्वस्थ्य शिविरमा आएकामध्ये जटिल रोगबाट पीडित ६० जना बिरामीलाई जिल्ला अस्पताल खोटाङ तथा माथिल्लो निकायमा ‘रिफर’ गरिएको छ ।

यसरी पहिलोपटक आफ्नै गाउँमा निःशुल्क स्वास्थ्य सेवा लिन पाउँदा आफूहरु हर्षित भएको सेवाग्राहीहरुले बताएका छन् । अर्खौले बजारस्थित स्वास्थ्य चौकी प्राङ्गणमा बुधबार आयोजना गरिएको शिविरमा हलेसी तुवाचुङ नगरपालिकाका उपप्रमुख रमेशकुमार राउत, जिल्ला अस्पताल खोटाङका प्रमुख डा रुपेश सङ्ग्रौला, स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवनकुमार चौलागाईँ, वडाध्यक्ष अर्जुन पुरी लगायतको उपस्थिति रहेको थियो ।

रणभीम गण मुडे ब्यारेक खोटाङले करिब पाँच महिनाअघि माघमा केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको थियो । नेपाली सेनाले आफ्ना भूतपूर्व सैनिक तथा परिवारका सदस्यलाई लक्षित गरीे बाक्सिलामा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमार्फत एक सय ४५ जना स्थानीय लाभान्वित भएको थिए ।
—

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा ल्याउने इरानी दुई कूटनीतिज्ञलाई अमेरिकाले गर्‍यो निष्कासित राष्ट्र बैंकले ल्याउँदै ३० करोड थान नयाँ २ रुपैयाँका सिक्का विपद् र पार्टीभित्र एकताको प्रयासले महाधिवेशन कार्यतालिका प्रभावित भयो : गगन थापा कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह लगानीको वातावरण सुधार्न प्रक्रियागत झन्झट हटाउनुपर्छ : मन्त्री गौतम सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै नेपाली बजारमा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि पेसी तोकियो कांग्रेस महाधिवेशन: बन्दसत्रअघि केन्द्रीय समिति बैठक, मंगलबारदेखि उम्मेदवारी दर्ता त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ