२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जीविकोपार्जनको माध्यम बन्दै कबुलियती वन

२६ असार २०८२, बिहीबार १७:४५
काठमाडौं ।   कमजोर आर्थिक अवस्था भएका समुदायलाई कबुलियती वनले जीविकोपार्जनमा सहयोग पु¥याएको छ । कबुलियत वन समहूबाट यहाँको गण्डकी गाउँपालिकाका सयौँ घरधूरी लाभान्वित भएका छन् ।
गण्डकी गाउँपालिका–२ बिच्छेगैराकी चन्द्रमाया चेपाङले कबुलियत वन समूहमार्फत बाख्रापालन गर्दै आउनुभएको छ । उहाँ २०६२ सालदेखि कबुलियती वन समूहमा आबद्ध हुनुभएको हो । कबुलियती वन बन्नु अघि गाउँभरिका डाँडामा वनमारा थिए । वनबाट आम्दानी हुन्छ भन्ने गाउँलेलाई थाहा थिएन ।
त्यही बेला जिल्ला वन कार्यालयले गण्डकी गाउँपालिकालगायत जिल्लाको विभिन्न स्थानमा १३१ वटा कबुलियती वन समूह गठन ग¥यो । “समूह गठन भएपछि पाल्पाको अम्रिसो खेती हेर्न गयौँ । अग्लो पहाडभरि अम्रिसो देखेपछि हामी पनि केही गर्न सक्छौँ भन्ने लाग्यो”, उहाँले भन्नुभयो ।
चन्द्रमायाको बिच्छेगैरा ‘क’ कबुलियती वन समूहमा छ घरधुरी आबद्ध छन् । उनीहरु सबै जना चेपाङ समुदायका हुन् । पर्याप्त जग्गा नभएका उनीहरु हाल कबुलियत वनमार्फत बाख्रापालनमा आबद्ध छन् । साथै, मौरीपालन पनि गरिरहेका  छन् ।
“आफ्नो जग्गा जमिन थिएन, वन पनि खाली थियो । पहिला २–४ वटा बाख्रापाल्न मुस्किल हुन्थ्यो । अहिले हरेकको घरमा २०–२५ वटा बाख्रा छ”, उहाँले भन्नुभयो, “समूहमार्फत वनमा विभिन्न उन्नत जातको डाले घाँस, भुईँ घाँस लगाएका छौँ । बाख्रा बेचेरै मज्जाले घर खर्च चल्छ अहिले ।” केही गर्छु भन्ने समूहहरुलाई कबुलियती वन कार्यक्रमले धेरै सहयोग पु¥याएको उनीहरुको भनाइ छ । बाख्रा बेचेर मात्र सो समूहका सदस्यले वार्षिक दुई लाखभन्दा बढी आम्दानी लिने गरेका छन् ।
चालु आर्थिक वर्षमा सो समूहमा टिमुर खेतीको कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रमअन्तर्गत बिच्छेगैरा ‘क’ को २.१० हेक्टर क्षेत्रफलमा करिब ६०० बोट टिमुर रोपिएको चन्द्रमायाले बताउनुभयो । “राम्रो उत्पादन गर्न सके टिमुर खेतीबाट आम्दानी गर्न सकिन्छ”, उहाँले भन्नुभयो । गण्डकी गाउँपालिका–२ मा मात्र १० वटा कबुलियती वन समूह छन् ।
गण्डकी गाउँपालिका–८ का नेत्र श्रेष्ठ स्थानीय कबुलियती वन समूहमार्फत अम्रिसो खेती गरिरहनुभएको छ । “यसअघि वनमा डाले घाँस मात्र लगाएका थियौँ । यो वर्षदेखि अम्रिसो खेती सुरु गरेका छौँ”, उहाँले भन्नुभयो, “बाख्रापालनबाट राम्रो आम्दानी भइरहेको छ । अब अम्रिसो उत्पादन गर्न सके आम्दानीको स्रोत बढ्ने थियो ।”
चालु आर्थिक वर्षमा गण्डकी सव–डिभिजन वन कार्यालयले कबुलियती वन समूहहरुमा अम्रिसो खेती, टिमुर खेती र डाले घाँसको विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । गण्डकी गाउँपालिका र सहिद लखन गाउँपालिकाको ४, ५ र ६ वडामा यी कार्यक्रम सञ्चालन गरेको गण्डकी सव डिभिजन वन कार्यालयका रवि यादवले बताउनुभयो । कार्यालयले विभिन्न कबुलियती वन समूहमा दुई हजार २०० बोटका दरले टिमुर, डाले घाँस र अम्रिसो लगाएको उहाँले जानकारी दिनुभयो ।
जिल्लामा कबुलियती वनमार्फत कृषि, पशु विकास तथा भूक्षय नियन्त्रणका कार्यक्रम सञ्चालन गरिएको डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदन मोहन शाण्डिल्यले बताउनुभयो । सामुदायिक वनलाई टुक्याएर जनतालाई कबुलियती वन हस्तान्तरण गरेपछि आयआर्जनको बाटो खुलेको उहाँले बताउनुभयो ।
“आदिवासी, जनजाति, दलित तथा विपन्न घरपरिवारलाई कबुलियती वन दिइएको छ”, उहाँले भन्नुभयो, “कबुलियती वनको अवधारणले गरिबी निवारणका साथै हैसियत बिग्रिएका वनहरु हराभरा बनाउन सहयोग गरेको छ ।” उहाँका अनुसार हाल जिल्लामा २८३ वटा कबुलियती वन समूह छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य