शंकर के सी/भदौ २४, सल्यान । असोज एक गते सम्म जिल्लाका सबै स्थानीय तहमा भेला गरिसक्ने लक्ष्यका साथ नेकपा एमाले सल्यानले जिल्लाव्यापि रुपमा अभियानलाइ तिब्रता "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

शंकर के सी/भदौ २४, सल्यान । असोज एक गते सम्म जिल्लाका सबै स्थानीय तहमा भेला गरिसक्ने लक्ष्यका साथ नेकपा एमाले सल्यानले जिल्लाव्यापि रुपमा अभियानलाइ तिब्रता "/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एमाले सल्यानले असोज १ गतेसम्म भेला गरिसक्ने

२४ भाद्र २०७४, शनिबार १३:५३


शंकर के सी/भदौ २४, सल्यान । असोज एक गते सम्म जिल्लाका सबै स्थानीय तहमा भेला गरिसक्ने लक्ष्यका साथ नेकपा एमाले सल्यानले जिल्लाव्यापि रुपमा अभियानलाइ तिब्रता दिएको छ ।

जस अनुासर एमालेले शनिबार सम्म तीन स्थानीय तहमा भेला सम्पन्न गरिसकेको जनाएको छ । वनगाड कुपिण्डे नगरपालिका, त्रिवेणि गाउँपालिकामा अगुवा कार्यकर्ता भेला सम्पन्न गरिसकेको एमालेले शनिबार सल्यानको कपुरकोट गाउँपालिकामा पनि भेला सम्पन्न गरेको छ ।

भेलालाइ सम्बोधन गर्दै एमालेका पोलिटव्युरो सदस्य प्रकाश ज्वालाले मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको चुनावमा एमालेलाई पहिलो पार्टी बनाउने दाबी गरेका छन् । स्थानीय तहको चुनावमा पनि एमाले पहिलो पार्टी बनेकाले प्रदेश र प्रतिनिधिसभाको चुनावमा पनि पहिलो पार्टी बन्छ, उनले भने– आउँदो असोज २ गते प्रदेश नम्बर २ मा हुने स्थानीय तहको चुनावमा एमालेलाई ठुलो पार्टी बनाउन त्यसक्षेत्रका नागरिक लागि परेका छन् ।

यस्तै कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज गुलावजंग शाहले अव आम कार्यकर्ता प्रदेश र प्रतिनिधी सभाको चुनावका लागी तयार रहन आग्रह गरे । एमाले प्रदेश कमिटी सदस्यहरु हरि केसी, उदय वोहोरा, जिल्ला उपाध्यक्ष भिम बहादुर सेन, सचिव रमेश कुमार गौतम लगाएतकाले बोल्दै जनमत एमालेको पक्षमा रहेकोले जीत पनि सधै एमालेकै हुने र एमालेले सधै जनताको हितको लागी काम गर्नुपर्ने बताएका थिए ।


एमाले कपुरकोट गाउँपालिकाका संयोजक घनश्याम शर्माको अध्यक्षतामा भएको भेलामा गाउापालिकाको ६ वटै वडाहरुमा संयोजक तोकेको छ । र हरेक वडामा असोज पहिलो साताभित्रै तदर्थ वडा कमिटी निर्माण गरिसक्ने निर्णय भकोको गाउँपालिकाका उपसंयोजक ओम बहादुर बुढाले जनाएका छन् ।

यसैविच छत्रेश्वरि गाउँपालिकामा एमालेले आइतबार बैठक र सोमबार भेला,  वागचौर नपामा २६ गते वैठक २७ गते भेला, दार्मा गापामा २८ गते वैठक २९ भेला, ढोरचौर गापामा २९ गते वैठक ३० भेला, कुमाखमालिका गापामा २४ गते वैठक ३१ भेला, कालिमाटी गापामा १७ गते वैठक, शारदा नपामा ३१ गते वैठक र अशोज १ गते भेला गर्ने निर्णय भएको एमाले सल्यानका सचिव रमेश कुमार गौतमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता