२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मौद्रिक नीतिमार्फत केन्द्रीय बैङ्कले रोक्न खोजेका दुई जोखिम

२७ असार २०८२, शुक्रबार १५:१३

काठमाडौँ । केन्द्रीय बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिमा देशको आर्थिक स्थायित्व सुनिश्चित गर्न दुई मुख्य जोखिमलाई सम्बोधन गर्ने उल्लेख गरिएको छ।

पहिलो, निक्षेपको वास्तविक ब्याजदर नकारात्मक हुन नदिनेतर्फ ध्यान दिइएको छ, जसले गर्दा बचतकर्ताको हित सुरक्षित हुनेछ। दोस्रो, पुँजी निर्माणमा प्रत्यक्ष योगदान पुर्‍याउने उत्पादनमुखी क्षेत्रहरूमा वित्तीय साधन परिचालन गर्नुपर्नेमा जोड दिइएको छ।

 

पछिल्लो समय तरलता पर्याप्त भए पनि कर्जा प्रवाह उत्पादनमूलकभन्दा अन्य क्षेत्रमा केन्द्रित भएकाले अर्थतन्त्रमा सकारात्मक प्रभाव देखिएको छैन। यस्तो अवस्थालाई ध्यानमा राख्दै नीति केही लचिलो बनाइने उल्लेख छ। साथै, अघिल्लो नेतृत्वमा लिइएका गैरपरम्परागत मौद्रिक उपायहरूले मुद्रास्फीति र विदेशी विनिमय सञ्चितिमा दबाव सिर्जना गरेको स्वीकार गरिएको छ।

ब्याजदर करिडोरको प्रभावकारिता उल्लेख गर्दै यसको दायरा घटाइ अंतर साँघुरो बनाउनुपर्ने र अन्तर्राष्ट्रिय अभ्यासअनुसार सुधार आवश्यक देखिएको छ। खुला बजार कारोबार सुधार गरी अल्पकालीन ब्याजदरहरू नियन्त्रणमा राख्ने नीति समेत समावेश गरिएको छ। कोभिडपछिको परिस्थितिमा घट्दो पुँजी निर्माण, निजी क्षेत्रको न्यून लगानी तथा कुल स्थिर पुँजी निर्माणको गिरावटलाई पनि चिन्ताको विषय मानी, उत्पादनमुखी क्षेत्रमा पुनः प्राथमिकता दिइने छ।

 

विश्व बजारमा देखिने अनिश्चितता, जस्तै तेलको मूल्य उतारचढाव, व्यापार असहजता र भूराजनीतिक तनावले पार्न सक्ने प्रभावलाई ध्यानमा राख्दै मौद्रिक व्यवस्थापनमा सावधानी अपनाइने उल्लेख छ।

समग्रमा, यो मौद्रिक नीति ब्याजदर सन्तुलन, उत्पादनशील क्षेत्रमा लगानी प्रवाह, र समष्टिगत आर्थिक स्थायित्वमा केन्द्रित छ। वित्तीय अनुशासनलाई बलियो बनाउने, मूल्य स्थिरता कायम राख्ने र दीर्घकालीन पुँजी निर्माणमा टेवा पुर्‍याउने उद्देश्यका साथ नीति अघि बढाइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु