2026-10-02 06:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पृतनापति ट्रफीः ८४ पदकसहित श्री नं. १८ बाहिनी अड्डा पहिलो

काठमाडौँ | पूर्वीपृतना मुख्यालय, इटहरीमा आयोजित ‘पृतनापति ट्रफी, २०८२’ कूल ८४ पदकसहित श्री नं १८ बाहिनी अड्डा पहिलो भएको छ । श्री नं १८ ले ३२ स्वर्ण, २२ रजत र ३० कास्य पदक प्राप्त गरी पहिलो भएको हो ।

भलिबल, फुटबल, बास्केटबल, तेक्वान्दो, बक्सिङ, पौडी, जुडो र एथ्लेटिक्स गरी आठ खेल सम्मिलित प्रतियोगितामा श्री नं. २१ बाहिनी अड्डा दोस्रो र श्री नं. २ बाहिनी अड्डा तेस्रो भएका छन् ।

आज सम्पन्न प्रतियोगितामा पूर्वीपृतना हेडक्वाटरका पृतनापति उपरथी गौरवकुमार केसीले विजेता खेलाडीलाई ट्रफी तथा प्रमाणपत्र वितरण गर्नुभयो । ‘स्वास्थ्य, मित्रता एवं राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ आयोजित प्रतियोगिताको उद्देश्य शारीरिक क्षमता अभिवृद्धि गर्दै अनुशासित तथा सक्षम सुरक्षाकर्मी उत्पादन गर्नु रहेको उपरथी केसीले बताउनुभयो ।

कार्यक्रममा २, १८ र २१ नं. बाहिनी अड्डाका बाहिनीपति, गणपति, गुल्मपति तथा अन्य उच्च सैनिक अधिकृतसहित कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेत, सहायक रथी मणिकुमार श्रेष्ठ, महासेनानी मदनजङ्ग राणा, सहायक रथी गौरव गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा खेलाडी, रेफ्री, अफिसियल र व्यवस्थापकसहित ४८६ जनाको सहभागिता रहेको पूर्वीपृतना मुख्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’ प्रधानमन्त्री शाहको कार्यशैलीप्रति एमाले सांसद पोखरेलको प्रश्न कांग्रेस वडा अधिवेशनमा सक्रिय सहभागी हुन देउवाको अपिल भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५५ पुग्यो, ४,७१८ बेपत्ता