काठमाडौँ | नेपाली बजारमा सुनको मूल्य ४ सय रुपैयाँले बढेको छ। नेपाल सुन -चाँदी व्यवसायी महासंघका अनुसार सोमबार ४ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य १ लाख ९३ हजार ७०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन आइतबार प्रतितोला सुन १ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
सुनको मूल्य बढे पनि चाँदीको भाउ भने स्थिर रहेको छ। आज चाँदीको मूल्य २२ सय ८५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।