२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सेयर बजारमा दोहोरो अंकको गिरावट

१२ श्रावण २०८२, आईतवार १५:२७

काठमाडौँ | लगातारको आठ दिनको वृद्धिपछि सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.९३ अंकले घटेर १९५८.७१ बिन्दुमा रोकिएको छ ।

कारोबारको सुरुवाती समयमा नेप्से बढ्दै ३०१३.१७ बिन्दुसम्म पुगेपनि त्यसपछि भने घट्न सुरु गरेको थियो । यसअघिका आठ कारोबार दिन भने नेप्से लगातार बढेको थियो । आठ दिनको लगातारको वृद्धिपछि आइतबार भने नेप्सेमा दोहोरो अंकको गिरावट आएको हो ।

सूचक घटेपनि कारोबार रकम भने बढेको छ । आइतबार नेप्सेमा कुल २६ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन अर्थात् गत साताको बिहीबार भने नेप्सेमा १८ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । आइतबार कारोबारमा आएकामध्ये १८६ कम्पनीको सेयर मूल्य बढ्दा ६३ कम्पनीको घटेको छ ।

आइतबार समता घरेलु लघुवित्त वित्तीय संस्था र ट्रेड टावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा सान्भी इनर्जीको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ । आइतबार फाइनान्स समूह २.२२ प्रतिशतले घट्दा विकास बैंक समूह सूचकमा भने १.०६ प्रतिशतको सुधार देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य