२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

उदयपुर: रौतामाई गाउँपालिकाको बजेट रु तीस करोड

२९ भाद्र २०७४, बिहीबार ०३:०१

भदौ २९, गाईघाट (उदयपुर) | उदयपुर जिल्लाको पहाडी क्षेत्रको रौतामाई गाउँपालिकाको पहिलो गाउँपालिकाको अधिवेशनले आर्थिक वर्ष २०७४÷०७५ को आर्थिक तथा अन्य विकास सञ्चालनका लागि करिब रु ३० करोड बराबरको बजेट सार्वजनिक भएको छ । 

आइतबार बसेको गाउँपालिकाको पहिलो अधिवेशनले आव २०७४/०७५ का लागि गाउँपालिकाको विकासका विभिन्न शीर्षकको लागि रु २९ करोड ९९ लाख ५५ हजार ७५६ बराबरको सो बजेट विनियोजन गाउँपालिकाका अध्यक्ष गजेन्द्र खड्काले सार्वजनिक गर्नुभएको छ । 

नयाँ बजेटले स्थानीय रौतामाई पोखरीको संरक्षण, पर्यटन प्रवद्र्धन, ग्रामीण सडक निर्माण, विद्युत् विस्तार, कृषिसहितका शीर्षकमा बजेट विनियोजन गरेको कुरा सो गाउँपालिकाका उपाध्यक्ष कुमारीज्यू ठकुरीले जानकारी दिनुभयो । 

सो कार्यक्रममा उदयपुरका सांसद तथा पूर्व सहरी विकास राज्यमन्त्री मञ्जुकुमारी चौधरी र जिल्ला समन्वय समिति उदयपुरका अध्यक्ष खड्ग परियारको समेत उपस्थिति रहेको सो गाउँपालिकाले बताएको छ । 

उदयपुरका स्थानीय तहहरु चार गाउँपालिका र चार नगरपालिकामध्ये त्रियुगा नगरपालिका, कटारी नगरपालिका र रौतामाई गाउँपालिकाको भने अधिवेशन, भेला तथा परिषद् कार्यक्रम सम्पन्न भइसकेको छ भने नगरपालिकामा चौदण्डी नगरपालिका, उदयपुरगढी, सुनकोशी र ताप्ली गाउँपालिकाको भने परिषद् हुन बाँकी रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य