२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

उदयपुर: रौतामाई गाउँपालिकाको बजेट रु तीस करोड

२०७४, २९ भाद्र बिहीबार ०३:०१

भदौ २९, गाईघाट (उदयपुर) | उदयपुर जिल्लाको पहाडी क्षेत्रको रौतामाई गाउँपालिकाको पहिलो गाउँपालिकाको अधिवेशनले आर्थिक वर्ष २०७४÷०७५ को आर्थिक तथा अन्य विकास सञ्चालनका लागि करिब रु ३० करोड बराबरको बजेट सार्वजनिक भएको छ । 

आइतबार बसेको गाउँपालिकाको पहिलो अधिवेशनले आव २०७४/०७५ का लागि गाउँपालिकाको विकासका विभिन्न शीर्षकको लागि रु २९ करोड ९९ लाख ५५ हजार ७५६ बराबरको सो बजेट विनियोजन गाउँपालिकाका अध्यक्ष गजेन्द्र खड्काले सार्वजनिक गर्नुभएको छ । 

नयाँ बजेटले स्थानीय रौतामाई पोखरीको संरक्षण, पर्यटन प्रवद्र्धन, ग्रामीण सडक निर्माण, विद्युत् विस्तार, कृषिसहितका शीर्षकमा बजेट विनियोजन गरेको कुरा सो गाउँपालिकाका उपाध्यक्ष कुमारीज्यू ठकुरीले जानकारी दिनुभयो । 

सो कार्यक्रममा उदयपुरका सांसद तथा पूर्व सहरी विकास राज्यमन्त्री मञ्जुकुमारी चौधरी र जिल्ला समन्वय समिति उदयपुरका अध्यक्ष खड्ग परियारको समेत उपस्थिति रहेको सो गाउँपालिकाले बताएको छ । 

उदयपुरका स्थानीय तहहरु चार गाउँपालिका र चार नगरपालिकामध्ये त्रियुगा नगरपालिका, कटारी नगरपालिका र रौतामाई गाउँपालिकाको भने अधिवेशन, भेला तथा परिषद् कार्यक्रम सम्पन्न भइसकेको छ भने नगरपालिकामा चौदण्डी नगरपालिका, उदयपुरगढी, सुनकोशी र ताप्ली गाउँपालिकाको भने परिषद् हुन बाँकी रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी