३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्सेमा परिसूचक ३१.५० अंकले गिरावट,१५ अर्ब ९८ करोड रूपैयाँको कारोबार

१६ श्रावण २०८२, बिहीबार १६:२४

काठमाडौँ | सेयर बजार परिसूचक (नेप्से) मा ३१.५० अंकले गिरावट आएको छ। बुधबार ४८ अंकले घटेको नेप्से बिहीबार पुनः उच्च अंकले घटेको हो। दुई दिनको अवधिमा मात्रै नेप्स परिसूचक ७९ अंकले घटेको हो। यो सँगै बिहीबार बजार बन्द हुँदा नेप्से परिसूचक २ हजार ९२२ अंकमा आएर रोकिएको छ।

यस दिन सेन्सेटिभ इन्डेक्स ६.७, फ्लोट इन्डेक्स २.०७ अंकले घटेको छ। बिहीबार फाइनान्स बाहेकका अन्य १२ वटा उपसूचकमा नै गिरावट आएको छ। सबैभन्दा धेरै व्यापार क्षेत्रका कम्पनीहरूमा औसत २.४४ प्रतिशतले गिरावट आएको छ। फाइनान्स क्षेत्रका कम्पनीहरू भने १.१८ प्रतिशले बढेका छन्।

यसदिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। बुधबार १६ अर्ब ४४ करोड रूपैयाँको कारोबार भएकोमा बिहीबार १५ अर्ब ९८ करोड रूपैयाँको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा ५५ करोड रूपैयाँ कमी आएको हो। आज ३१८ वटा धितोपत्रको तीन करोड ६८ लाख ७१ हजार २४४ कित्ता सेयर किनबेच भएको हो।

बिहीबार ५२ कम्पनीको सेयर मूल्य बढेको छ भने १९८ वटाको घटेको छ। यसदिन ट्रेड टावर, नेपाल फाइनान्स र कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य सर्किट लेभलमा बढेको छ। भूगोल इनर्जीको मूल्य सर्वाधिक ७.१० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ७९३ रूपैयाँ ३० पैसामा झरेको छ।

यसैगरी, माइ खोला हाइड्रोपावरको मूल्य ५.७० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ८९१ रूपैयाँ २५ पैसा कायम भएको छ। बुधबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता एक हजार एक सय रूपैयाँमा १ अर्ब ३३ करोड ८८ लाख रूपैयाँको सेयर कारोबार भएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा १.२३ प्रतिशत बढेको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली