२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रहरीकै संरक्षणमा बहुविवाह,बस्नेतको आरोप– ‘मिडियाबाट न्याय खोज्दै छु’ज्यान मार्ने धम्की दिइरहेको छ

२३ श्रावण २०८२, बिहीबार ११:५३

काठमाडौँ | प्रहरी परिसर भक्तपुरमा कार्यरत भरत बस्नेतले बहुविवाह गरेको भन्दै श्रीमती सावित्रा बस्नेतले कारबाहीको माग गरेकी छिन्। बुधबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै उनले प्रहरी संगठनले अभियुक्त भगाउन मद्त गरेको भन्दै न्यायको लागि मिडिया धाउनु परेको गुनासो गरेकी छिन्।

श्रीमान्ले कास्कीकी मीना बानियाँसँग दोस्रो बिहे गरेपछि जिल्ला परिसदमा उनले उजुरी दिएकी थिइन्। जिल्ला अदातलले पनि पक्राउ पुर्जी दिएपछि परिसदकै सुराकीमा श्रीमान् प्रहरीकै युनिफर्ममा फरार रहेको उनको आरोप छ। श्रीमान् फरार रहेको शुक्रबार १९ दिन पुग्यो।

सावित्राका श्रीमानले सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गरेका छन्। तर, श्रीमतीले आफू कसैसँग सम्बन्धमा नरहेको, श्रीमतीको कर्तव्यबाट कहिँ पनि नचुकेको र साथै श्रीमानलाई प्रेम गर्ने हुँदा सम्बन्ध विच्छेदका लागि आफू तयार नभएको स्पष्ट पारिन्।

सम्बन्ध विच्छेद नहुँदै श्रीमानले कान्छी लिएर बसेको भन्दै उनले श्रीमानले कानून अनुसारको सजाय पाउनुपर्ने माग राखेकी छन्। मुलुकी अपराधसंहिता २०७४ को १७५ को उपदफा ४ बमोजिम भरत बस्नेत र मीना बानियाँलाई तत्काल पक्राउ गरी कारबाही गर्न उनको माग छ।

श्रीमानले बारम्बार आफू र दुई छोराछोरीलाई ज्यान मार्ने धम्की पनि दिइराख्ने हुनाले सुरक्षाको लागि अपिल गरेकी छन्। भरत र सावित्राले २०६८ साल वैशाखमा प्रेम विवाह गरेका थिए। हाल उनीहरुको साथमा १४ वर्षीय छोरा र ११ वर्षीया छोरी छन्।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी