२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रविलाई थुनामुक्त गर्न अस्वीकार गर्दा रुपन्देही जिल्ला अदालतले लिएका दुई आधार

२८ श्रावण २०८२, मंगलवार ११:३३

काठमाडौँ | जिल्ला अदालत रुपन्देहीले सोमबार साँझ पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बैंक जमानत लिई तारिखमा छाड्न अस्वीकार गरेको छ ।

न्यायाधीश नारायणप्रसाद सापकोटाले मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ मा भएका दुईवटा अवस्था विश्लेषण गर्दै उनलाई थुनामुक्त गर्न अस्वीकार गरेका हुन् ।

 

पूर्वगृहमन्त्री एवं रास्वपा सभापति लामिछानेले सोही ऐनको दफा ६८ र ७१ लाई आधार मानेर थुनामुक्त हुन माग गरेका थिए । दफा ६८ मा फौजदारी अभियोग लागेका आरोपितलाई धरौटीमा थुनामुक्त गर्न सकिने अवस्थाहरुका बारेमा उल्लेख छ ।

तर जिल्ला न्यायाधीश नारायण सापकोटाको इजलासले तहगत रुपमा सर्वोच्च अदालत पुगेर टुंगिइसकेको विषयमा फेरि प्रवेश गर्न नहुने आदेश गरेको हो । आदेशमा भनिएको छ, ‘यस अदालतबाट यी निवेदकलाई धरौटी तारिखमा छाड्ने गरी भएको आदेश तहगत अदालत हुँदै सम्मानित सर्वोच्च अदालतबाट समेत बदर भैसकेको अवस्थामा पुन: सोही दफामा यस अदालत प्रवेश गर्न मिल्ने देखिएन ।’

 

रवि लामिछानेले आफूलाई छाड्न माग गरेको अर्को कानूनी आधार हो, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७१ । उक्त दफामा ‘मुद्दाको कारबाहीको जुनसुकै अवस्थामा पनि आरोपितलाई थुना वा जमानतमा राख्न सकिने’ परिकल्पना छ । उक्त दफामा भनिएको छ, ‘मुद्दाको कारबाही जुनसुकै अवस्थामा पुगेपनि अदालतले प्रमाण बुझ्दै जाँदा अभियुक्तलाई अवस्था अनुसार दफा ६७ बमोजिम थुनामा राख वा दफा ६८ बमोजिम धरौट, जमानत वा बैङ्क जमानत माग्न सक्नेछ…।’

जिल्ला अदालतले दुईवटा आधार देखाएर उनलाई छाड्न अस्विकार गरेको हो । पहिलो, सहकारी ऐन र संगठित अपराध निवारण ऐन बमोजिम अभियोग मादावी लिइए पनि रविमाथि विगो रकम खुल्न बाँकी रहेको औल्याएको हो ।

रवि आफूले कुल विगोमा आफ्नो हिस्सा घोषणा गरेर बैंक ग्यारेन्टी पेश गरेका थिए । तर जिल्ला अदालतले उनीमाथि बिगो रकम यकिन नभएको भनी टिप्पणी गरेको हो ।

मुलुकी फौजदारी कार्यविधि संहिता ऐन। २०७४ को दफा ७१ मा कुनै नयाँ प्रमाणले यसअघि भएको आदेशलाई तात्विक फरक पार्ने प्रमाण फेला पारेमा अदालतले थुनामा रहेकालाई छाड्ने र तारिखमा छुटेकालाई पनि थुन्न आदेश दिने परिकल्पना थियो । तर रविले त्यसरी तात्विक फरक पार्ने थप प्रमाण निवेदनमा पेश गरेका थिएनन् ।

 

जिल्ला न्यायाधीश सापकोटाले साक्षी बुझ्ने लगायत थप प्रमाण बुझ्ने काम बाँकी रहेको भन्दै दफा ७१ आकर्षित नहुने आदेश गरेका हुन् । आदेशमा भनिएको छ, ‘प्रतिवादीले माग गरेको दफा ७१ समेतको अवस्था विद्यमान भएको मिसिल संलग्न कागज प्रमाणबाट नदेखिएकाले निजलाई बैंक ग्यारेन्टी लिई तारेखमा राख्न मिल्ने देखिएन, कानून बमोजिम गर्नू ।’

जिल्ला न्यायाधीश सापकोटाले सुप्रिम सहकारीको मुद्दामा थुनुवा पनि रहेको र मुद्दाको प्रकृति हेर्दा छिटोछरितो न्यायनिरुपण उचित देखिएको भन्दै यथाशीघ्र कामकारबाही गर्नु गराउनू’ भनी आदेश दिएको हो ।

अब जिल्ला अदालत रुपन्देहीमा विचाराधीन मुद्दा नटुंगिदासम्म रवि लामिछानेले थुनामै बसेर आफूमाथिको आरोपको प्रतिवाद गर्नुपर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान