काठमाडौँ | मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ । तुइन पुलनजिकै पहिरो गएर अवरुद्ध भएको सडक केही समयअगाडि सञ्चालनमा आएको हो ।
बिहान साढे ९ बजे माथिबाट ढुंगासहितको पहिरो खस्दा आवागमन पूर्णरूपमा अवरुद्ध भएको थियो । सडक डिभिजन कार्यालय भरतपुरबाट ल्याइएका दुईवटा डोजरले पहिरो हटाइएको थियो । उक्त स्थानमा बिहान पनि सुक्खा पहिरो सडकमा खस्दा सडक अवरुद्ध भएको थियो ।