काठमाडौँ | रौतहटमा एक महिलाको शव सुटकेसभित्र ‘प्याक’ गरेको अवस्थामा फेला परेको छ । उक्त शव गौर नगरपालिका–२ मा बस्दै आएकी करिब २६ वर्षीया रुवी शाह सुडीको रहेको खुलेको मधेस प्रदेश प्रहरी प्रमुख एवं डीआईजी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।
रुवीको शव गौर–९, स्थित सिरसिया सडकखण्डमा सुटकेसभित्र प्याक गरेर राखेको अवस्थामा प्रहरीले फेला परेको थियो । रौतहटकै माधवनारायण नगरपालिका–६ माइती भएकी रुवीले भारतमा विवाह गरेको खुलेको छ । पछिल्लो समय उनी चार वर्षीय छोरालाई पढाउन गौर–२, महादेवपट्टीमा डेरामा बस्दै आएकी थिइन् । प्रहरीका अनुसार, सुटकेसभित्र कुहिनो र घुँडा जोडेर डोरीले बाँधेको अवस्था शव फेला परेको हो ।
प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । घटनास्थल शव भेटिएको ठाउँभन्दा टाढा भएको प्रहरीले आशंका गरेको छ ।