१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

लागुऔषध ब्राउन सुगर सहित दुईजना भारतीय नागरिक पक्राउ

९ भाद्र २०८२, सोमबार ११:४१

काठमाडौँ | विराटनगरबाट १ सय ४७ ग्राम लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित दुईजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार बरामद भएको ब्राउन सुगर ठूलो परिमाणको हो । मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले नेपालमा खैरो हेरोइन ‘सप्लाई’गर्न आएका भारत कटिहार शिवानापुर–४ का ३० वर्षीय मोहम्मद सद्दाम हुसेन र कटिहारकै खरसोता–५ का ३२ वर्षीय बमकिम कर्मकारलाई पक्राउ गरिएको बताइन् ।

इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त टोलीले दुवैजनालाई आइतबार साँझ पक्राउ गरेको हो । डीएसपी चुँडालका अनुसार विराटनगर महानगरपालिका–१५ मण्ठापोखरी मन्दिर अगाडि सार्वजनिक सडक खण्डमा शंकास्पद रूपमा गफगाफ गरिरहेका बेला दुवैजनालाई प्रहरीले नियन्त्रणमा लिएर शरीर खानतलासी गरेको थियो । चेकजाँचका क्रममा मोहम्मद सद्दाम हुसेनले बोकेको ब्यागभित्र रहेको पाइन्टको गोजीमा लुकाएर राखिएको अवस्थामा १ सय ४७ ग्राम खैरो हिरोइनजस्तो देखिने पदार्थ फेला परेको प्रहरीको भनाइ छ ।

इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएका दुवै जनाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ । नेपालमा लागुऔषध ‘सप्लाइ’ गर्न आएका उनीहरूमाथि इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल