2026-09-13 01:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सदरमुकाममा ‘उज्यालो दशरथचन्द’ कार्यक्रम सञ्चालन

काठमाडौँ | जिल्ला सदरमुकाममा रहेको दशरथचन्द नगरपालिकामा ‘उज्यालो दशरथचन्द’ कार्यक्रम सञ्चालन गरिएको छ । सदरमुकाममा रहेका मुख्य बजारहरू गोठलापानी, गढी र शाहीलेकमा बल्ब जडान गरेर कार्यक्रमको शुभारम्भ गरिएको दशरथचन्द नगरपालिकाका सूचना अधिकारी राजबहादुर विष्टले जानकारी दिए। नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रको प्राविधिक र नगरपालिकाको आर्थिक सहयोगमा सदरमुकामका बजारहरूमा ७२ वटा बल्ब जडान गरिएको छ । नगर प्रमुख पुष्करराज जोशी लख्खाभाइले विद्युत् प्राधिकरणमा राखिएको ‘स्वीच अन’ गरी कार्यक्रमको शुभारम्भ गरे ।

दशरथचन्द नगरपालिकाको नीति कार्यक्रमअनुसार यो कार्यक्रम सुरु गरिएको जनाएको छ । नगरक्षेत्रका सार्वजनिक स्थान र मन्दिरमा बत्ती बाल्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो । ‘उज्यालो दशरथचन्द’ कार्यक्रमका लागि गत आर्थिक वर्ष २०८१-८२ मा नौ लाख ९९ हजार ७३५ बजेट राखिएको थियो । गत असारमा जडान गरिएका बल्बहरू जडान गरिएका थिए । यो कार्यक्रमका लागि चालु आवमा १० लाख बजेट विनियोजन गरिएको छ । चालु आवमा नगरपालिका देहीमाण्डौँ, मुस्याचौर, झुलाघाटलगायतका बजार र सार्वजनिक स्थानमा बत्ती बाल्ने योजना रहेको नगर प्रमुख जोशीले बताए ।

उज्यालो दशरथचन्द कार्यक्रमले नगरपालिकाभित्रका सबै सार्वजनिक स्थानलाई समेट्ने बताइएको छ । विद्युत् लाइन रहेको ठाउँमा राष्ट्रिय प्रसारण लाइन र नपुगेका सार्वजनिक स्थानमा सौर्य बत्ती जडान गरिने नगर प्रमुख जोशीले बताए।‘उज्यालो दशरथचन्द’ अभियानले बजार तथा सार्वजनिक स्थानको सुन्दरता एवं सुरक्षामा पनि सहयोग पुग्ने नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले