2026-09-08 05:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सर्लाहीमा बम विस्फोट, १० बर्षीय बालिका घाइते

असोज १, सर्लाही । जिल्लाको दक्षिणी भेगमा पर्ने बलरामा आज सुतली बम विस्फोट हुँदा एक बालिका घाइते भएकी छिन् । 

बलरा नगरपालिका–२ हथियौल जमुनिया टोलमा भएको सो बम विस्फोटमा परी स्थानीयवासी जयप्रकाश सहनीकी १० वर्षीया छोरी रस्मिता घाइते भएकी हुन् । 

बमको छर्रा लागेर सामान्य घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र अचलगढमा उपचार भइरहेको छ । आफ्नै किराना पसलअगाडि खेलिरहेको अवस्थामा सुतली बम विस्फोट हुँदा उनी घाइते भएकी थिइन । 

झोलाभित्र रहेका चारवटा बममध्ये एउटा बालबालिकाले खेलाउँदा पड्किएको र बाँकी तीनवटा नेपाली सेनाले निष्क्रिय पारेको प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिनुभयो । 

भारतसँग सीमा जोडिएको बलरा क्षेत्र संवेदनशील क्षेत्र मानिन्छ । निर्वाचनका लागि उक्त क्षेत्रमा प्रहरी नायब उपरीक्षक रुगम कुँवरको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ