काठमाडौँ | अफगानिस्तानमा विनाशकारी भूकम्पपछि निरन्तर पराकम्प गइरहेका छन् । बिहीबार बिहान १०ः४० मा ४ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस)ले एउटा विज्ञप्तिमा भनेको छ । भूकम्प जमिनबाट १३५ किलोमिटर गहिराइमा गएको थियो । यसअघि बुधबार राति १० किलोमिटर गहिराइमा भूकम्प रेकर्ड गरिएको थियो । यसले परकम्पको जोखिम बढाएको बताइएको छ । बुधबार राति २३ : ५३ बजे १० किलोमिटर गहिराइमा कम्पन महसुस गरिएको थियो ।
विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)ले अफगानिस्तानको भूकम्प प्रभावित कुनार र नान्गारहार प्रान्तहरूमा आपतकालीन सहायता पठाएको थियो । अगष्ट ३१ मा गएको भुकम्पमा त्यहाा १ हजार ४०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो भने ३ हजारभन्दा धेरै घाइते भएका थिए । प्रारम्भिक सहायता सामग्रीमा खाद्य वस्तुहरू र हाई एनर्जी बिस्कुटहरू पनि थिए ।