२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पुराना दल फेरी सल्वलाउन थाले, संसद बिघटन नगर्न भन्दै चेतावनी

२०८२, २६ भाद्र बिहीबार ०८:०४

काठमाडौँ । जेनजीकै युवाहरुबीच एकताको अभाव रहेको, को नेतृत्वमा छ भन्ने कुरामै अन्यौला रहेको र बिभिन्न आन्तरिक विषय बाहिर आएपछि पुराना राजनीतिक दलहरु पुन: सल्वलाउन थालेका छन् । पुराना दलको गतिबिधिले जेनजी पुस्ताले गरेको आन्दोलन र खोजेको परिवर्तनमा प्रभाव जमाउने कोसिसहरु सुरु भएका छन् ।

संकटको घडीमा संविधानबाटै निकास खोज्न भन्दै कांग्रेस एमालेले संसद बिघटन नगर्न भन्दै सुझाव दिईरहेका छन् । उनिहरुले संसदबाहिरबाट समाधान गर्न खोजिए छुट्टै बिद्रोह गर्ने चेतावनी दिन थालेका छन् । यस्तो प्रतिक्रियाले देशमा फेरी अर्को मुठभेड निम्तने खतरा उत्पन्न भएको छ । कांग्रेस महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले यस सम्बन्धमा बुधबारनै आफ्नो धारणा सार्वजनिक गरिसकेका छन् भने अर्कोतर्फ एमाले महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले विज्ञप्ति जारी गर्दै आन्दोलनको समाधानका लागि सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरिसकेका छन् । यसै बीच दुवै पक्षले सामाजिक संजाल मार्फत पुन: एकताबद्ध हुनुपर्ने भन्दै आ-आफ्नो धारणा राख्न थालेका छन् ।

उनिहरुले देशलाई षड्यन्त्रमूलक ढंगले अलोकतान्त्रिक, गैरसंवैधानिक र अराजकताको बाटोमा हिँडाउन खोजिएको संकेत गर्दै व्यवस्था बचाउन अर्को विद्रोह सुरु हुन सक्ने चेतावनीसमेत दिन थालेका छन् ।

कांग्रेस-एमालेले प्रदर्शन शान्तिपूर्ण नभई कसरी पूर्वघोषणाविपरीत विध्वंशात्मक र विनाशकारी भयो भन्ने विषयमा बिभिन्न आशंका गर्दै अर्कै तत्वले खेलिरहेको आशंका गरेका छन् । उनीहरुले यसको यथार्थ छानबिन गर्नुपर्ने समेत ध्यानाकर्षण गराएका छन् । सामाजिक संजाल मार्फत पुरानो दलमै आस्था राख्नेहरुले सुरक्षा निकायले दोश्रो दिनको आन्दोलनमा सबैतिर आन्दोलनकारीलाई साथ दिएको र सुरक्षा निकायकै संलग्नतामा बाह्य तत्वले देशको लोकतन्त्र मास्न भूमिका खेलेको भन्दै टिप्पणी दिन सुरु गरेका छन् ।

एमालेले खुलेरै बोलेको छ ‘राज्यका सुरक्षा निकायहरूको भूमिकाको पनि समीक्षा हुनुपर्छ ।’ असामान्य स्थितिको लाभ उठाउँदै देशभरि भइरहेको लुटपाट, आगजनी र तोडफोड नियन्त्रण गर्न एवं जनताको जिउधनको सुरक्षा प्रभावकारी रूपमा गर्न नेपाली सेनालगायत सबै सुरक्षा अंगहरूलाई एमालेले आह्वान गरेको छ ।

यस्तै नयाँ दल रास्वपाले नयाँ परिस्थितिमा लोकतन्त्रका आधारभूत मूल्य–मान्यता एवं राजनीतिक सहअस्तित्वकै आधारमा अगाडि बढ्नुपर्ने बताएको छ । महामन्त्री कवीन्द्र बुर्लाकोटीले बुधबार जारी गरेको विज्ञप्तिमा पछिल्लो घटनाक्रबारे रास्वपा गम्भीर छलफल र विश्लेषणकै क्रममा रहेको भन्दै नयाँ राजनीतिक कोर्सबारे पार्टीका धारणा छिट्टै सार्वजनिक गर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु पार्टीको कार्यालयबाहिर यो जुन अनाधिकृत हुने गतिविधिहरू यसको एउटा सीमा हुन्छ: गगन थापा म पार्टीको जिम्मेवारीमा छु, म सबै साथीहरूलाई समेटेर लैजाने कोसिस गर्छु: गगन थापा मलाई कुनै डर छैन, यी सम्पूर्ण सम्पत्तिहरू मेरो परिवारको इमानदार मेहनतको कमाइ हुन्: शिक्षामन्त्री पोखरेल काठमाडौँमा आजदेखि रात्रिकालीन बस चल्ने झापामा दुई उद्योगमा आगलागी गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन सुनचाँदीको मूल्यमा वृद्धि तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ