2026-07-26 01:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

प्रशासनको सक्रियताले कैदीबन्दी भाग्न पाएनन्

काठमाडौँ | स्थानीय प्रशासन र सुरक्षा निकायको सक्रियताको कारणले वीरगञ्ज कारागारमा रहेका कैदीबन्दी भाग्न पाएनन् । मुलुकभरका अधिकांश कारागारबाट कैदीबन्दी भाग्दा पनि एक हजार ३०० भन्दा बढी कैदीबन्दीलाई सुरक्षित ढङ्गले कारागारामा नै राख्न सफल भएको वीरगञ्ज कारागारले जनाएको छ ।

कारागार कार्यालयका प्रशासक बाबुलाल रेग्मीका अनुसार मङ्गलबार रातिदेखि नै कैदीबन्दीले कारागारभित्रको सिसीक्यामेरा फुटाउने, भत्रका संरचना ध्वस्त पार्ने र तीन ठाउँबाट कारागारको पर्खाल भत्काएर भाग्ने कोसिस गरे पनि तत्कालै नियन्त्रणमा लिन सकिएको बताउनुभयो ।

“कैदीबन्दीले तीन स्थानबाट पर्खाल भत्काएर कारागारबाट भाग्ने प्रयास गरेका थिए”, उहाँले भन्नुभयो, “पटक–पटक उम्कने प्रयास गरेका थिए । तर भाग्न सकेनन् । मानवीय क्षति हुनबाट पनि जोगायौँ ।” कारागार प्रशासक रेग्मीले सम्पूर्ण कैदीबन्दी पूर्ण रुपमा सुरक्षित रहेको जानकारी दिनुभयो ।

पर्साका प्रहरी प्रमुख गौतम मिश्रले हवाई फायर तथा घुँडामुनि गोली चलाएर कैदीबन्दीलाई नियन्त्रणमा लिन सकिएको बताउनुभयो । अहिले वीरगञ्ज कारागारमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ