२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

जलेका कार्यालय सरसफाइ गरी अत्यावश्यक सेवा सञ्चालन

२०८२, २८ भाद्र शनिबार ११:०१

काठमाडौँ | जेनजी आन्दोलनका क्रममा तनहुँमा भएका सरकारी कार्यालय तोडफोड र आगजनीपश्चात् अत्यावश्यक सेवा सञ्चालनको तयारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले सबै कार्यालयलाई परिपत्र गर्दै क्षतिको विवरण सङ्कलन गर्न निर्देशन दिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले आन्दोलनका क्रममा भएको क्षतिको विवरण सङ्कलन गरी प्रशासन कार्यालयलाई उपलब्ध गराउन परिपत्र गरेको जानकारी दिनुभयो । तोडफोड र आगजनीबाट कार्यालयमा भएका फोहर सरसफाइ गर्न समेत कर्मचारीलाई आग्रह गरिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अधिकांश कार्यालय तोडफोड र आगजनी भएका छन् । सबै व्यवस्थापन मिलाएर सेवा प्रवाह गरिनेछ । अत्यावश्यक सेवा भने तत्कालै सञ्चालन गरिनेछ ।”

जेनजीको आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालय तनहुँ, जिल्ला अदालत तनहुँ, जिल्ला समन्वय समिति, व्यास नगरपालिका, मालपोत कार्यालय, आन्तरिक राजस्व कार्यालय, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय, डिभिजन वन कार्यालयका भवन र सवारीसाधन तोडफोड र आगजनी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै