2026-07-29 06:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

हराएका हतियार खोज्दै प्रहरी

काठमाडौँ | जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले ‘जेनजी पुस्ता’ले गरेको आन्दोलनका क्रममा हराएका हतियार र लुट्ने व्यक्तिको पहिचान कार्यलाई तीव्रता दिएको छ ।

शनिबारदेखि अभियानका रुपमा खोजी गरेको प्रहरीले केही हतियार, गोली बरामद गर्दै अपराधमा संलग्न केही व्यक्तिलाई पक्राउसमेत गरेको छ । यसबीचमा प्रहरीले ठूलो परिमाणमा गोलीसहित आठ जनालाई पक्राउ गरेको छ ।

यस्तै आन्दोलनका क्रममा कारागारबाट फरार भएका ३७ कैदीबन्दीलाई पक्राउ गरी आइतबार सम्बन्धित कारागार पठाएको जनाइएको छ । प्रहरी उपरीक्षक कोमल शाहले आन्दोलनका बेला भएका लुटपाट, चोरी र तोडफोडमा संलग्नको पहिचानसहित पक्राउ कार्यलाई तीव्रता दिइएको बताउनुभयो । मातहतका प्रहरी युनिटलाई आगजनी, तोडफोड तथा लुटपाटमा संलग्नलाई खोजी गर्न निर्देशन दिइएको छ ।

प्रहरीले बनेपा नगरपालिका–९ बाट ७३० राउन्ड गोलीसहित आठ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बनेपा–९ का २६ वर्षीय सिजन सुवाल, २८ वर्षीय सुवास गौतम, १८ वर्षीय एक किशोर र १५ वर्षीय एक बालक रहेका छन् । यस्तै तेमाल गाउँपालिका–२ का २१ वर्षीय तिमोथी तामाङ र पनौती नगरपालिका–१० का ३४ वर्षीय अछुत खड्का तथा बारा घर भएका २० वर्षीय महेश मुखिया र मकवानपुरको बकैया गाउँपालिका–६ का २४ वर्षीय सुशान्त लो रहेको प्रहरीले जनायो । यसैगरी प्रहरीले शनिबार मण्डनदेउपुर नगरपालिका–७ घर भई हाल बनेपा नपा–९ लायकुस्थित डेरा गरी बस्ने ३४ वर्षीय सन्तोष श्रेष्ठलाई उनकै डेराबाट एक कटुवा पेस्तोल तथा ३६ राउन्ड गोलीसहित पक्राउ गरेको छ ।

यसैगरी फरार भई काभ्रेपलाञ्चोकबाट पक्राउ गरिएका कैदीबन्दीमध्ये केन्द्रीय कारागारका १८, डिल्लीबजार कारगारका १४, नक्खु कारागारका तीन र सिन्धुली कारागारका दुई जना रहेको प्रहरी उपरीक्षक शाहले जानकारी दिनुभयो । नियन्त्रणमा लिई धुलिखेलस्थित हिरासतमा राखिएका कर्तव्य ज्यान मुद्दाका १२, जबर्जस्तीकरणीका नौ, लागूऔषधका चार, चोरीका चार, अपहरण तथा शरीर बन्धकका दुई, सवारी ज्यानका दुई, ठगीका दुई, मानव बेचबिखनका एक तथा ‘ओभर स्टे’ एक जनालाई सम्बन्धित कारागार कार्यालयमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिकित्सकमाथि कुटपिट र अस्पताल तोडफोड गर्नेलाई कारबाही गर्न निर्देशन नेपालको लोकतान्त्रिक आन्दोलनमा गोपालमान श्रेष्ठले निभाउनु भएको भूमिका सधैं स्मरणीय रहनेछ: देउवा नेपाली कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक चिकित्सकको माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह नेप्से परिसूचक सामान्य अङ्कले घट्यो त्रिविको प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना पक्राउ मुग्लिन-नारायणगढ सडकखण्ड करिब चार घण्टापछि पुनः दुईतर्फी सञ्चालनमा सुर्खेतमा जीप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते श्रीमतीको हत्या प्रयास गर्ने श्रीमान् पक्राउ आज देशभरिका अस्पतालमा आकस्मिकबाहेक सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा सुनचाँदीको मूल्य घट्यो सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै