असोज ४, काठमाडौँ | समृद्ध सिन्धुली अभियानले ऐतिहासिक विजयकिल्ला सिन्धुलीगढीको प्रवद्र्धन गर्ने उद्देश्यसहित राइड टु सिन्धुलीगढी साइकल यात्रा आयोजना गर्नेभएको छ । कात्तिक २३, "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज ४, काठमाडौँ | समृद्ध सिन्धुली अभियानले ऐतिहासिक विजयकिल्ला सिन्धुलीगढीको प्रवद्र्धन गर्ने उद्देश्यसहित राइड टु सिन्धुलीगढी साइकल यात्रा आयोजना गर्नेभएको छ । कात्तिक २३, "/>

२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिन्धुलीगढीसम्म साइकल सरर

२०७४, ४ आश्विन बुधबार १५:२४

असोज ४, काठमाडौँ | समृद्ध सिन्धुली अभियानले ऐतिहासिक विजयकिल्ला सिन्धुलीगढीको प्रवद्र्धन गर्ने उद्देश्यसहित राइड टु सिन्धुलीगढी साइकल यात्रा आयोजना गर्नेभएको छ । कात्तिक २३, २४ र २५ गते तीन दिनको साइकलयात्रामा १५३ किलोमिटर दुरी यात्रीले पार गर्नेछन् । 

तत्कालिन ब्रिटिस सेनामाथि गोर्खाली सेनाले विजय प्राप्त गरेको दिनको रुपमा कात्तिक २४ गते सिन्धुलीगढीमा विजयोत्सव मनाइन्छ । सिन्धुलीगढीको युद्धमा विजय प्राप्त गरेको २५० औं वर्षगाँठको रुपमा यो वर्ष विविध कार्यक्रमसाथ विजयोत्सव मनाइने बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

समृद्ध सिन्धुली अभियानद्वारा बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार, कमलामाई नगरपालिकासँग मिलेर ‘राइड टु सिन्धुलीगढी’ साइकल यात्रा, विजयोत्सव साङ्गीतिक समारोह, सिन्धुलीगढी कला शिविर, कला तथा ऐतिहासिक फोटो प्रदर्शनी गरिने छ । 

पत्रकार सम्मेलनमा कमलामाई नगरपालिकाका प्रमुख खड्ग खत्रीले ऐतिहासिक सिन्धुलीगढी संरक्षण तथा प्रवद्र्धनका लागि आयोजित साइकल यात्रालगायत कार्यमा सहयोग गरिने प्रतिबद्धता जनाउनुभयो ।


कार्यक्रममा विश्व साइकलयात्री पुष्कर शाहले गत वर्षको साइकलयात्रा स्मरणीय रहेको चर्चा गर्दै ऐतिहासिक किल्लाको प्रवद्र्धनमा साइकल यात्राले थप सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा फास्टफुड एसोसिएसन नेपालका अध्यक्ष धनबहादुर श्रेष्ठ, साइकलयात्री देवेन्द्र बस्नेतले शुभकामना दिनुभएको थियो ।

अमृद्ध सिन्धुली अभियानका अभियन्ताहरु लीलानाथ घिमिरे, दीपक श्रेष्ठ, डण्ड गुरुङ, सौरभ ढकाल र भुवन थापाले साइकलयात्रा, कला शिविर, साङ्गीतिक उत्सवबारे जानकारी दिनुभएको थियो । 


पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार, ‘राइड टु सिन्धुली’ साइकल यात्राका अहिलेसम्म १३० जनाभन्दा बढीले अनलाईन दर्ता गरिसकेका छन् । काठमाडौँबाट सुरु हुने साइकल यात्राको पहिलो बास खुर्कोटमा र दोस्रो दिन गढीमा हुने विजयोत्सवमा सहभागी भएर सिन्धुलीमाढीमा साइकलयात्रीलाई लैजाने तयारी आयोजकको छ । माढीमा विजयोत्सव साङ्गीतिक कार्यक्रमसहित स्थानीय फुड स्टल समेत राखिने जनाइएको छ । यात्रुको सुविधाका लागि आयोजकले खाने, बस्ने, बीमा, एम्बुलेन्सहितको मेडिकल टिम, स्वयंसेवकहरु, साइकल मेकानिक्सहरुको ब्यवस्था गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने