काठमाडौँ | नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुन तोलाको १७ सयले घटेर तोलाको २ लाख २१ हजार ३ सयमा कारोबार भइरहेको छ । यस अघि बुधबार सुन तोलाको २ लाख २३ हजारमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले घटेर २६८५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको २७०० मा कारोबार भएको थियो ।