२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

यस वर्ष भेडाच्याङग्राको मूल्य सस्तियो

१३ आश्विन २०८२, सोमबार ०८:३४

म्याग्दी ।  दसैँ पर्वका लागि मुस्ताङबाट बिक्री गर्न बजारमा ल्याइएका भेडाच्याङग्राको मूल्य यस वर्ष सस्तिएको छ । व्यापारी र उपभोक्ताका अनुसार गत वर्षको तुलनामा प्रतिगोटा भेडाच्याङग्राको मूल्य रु. पाँच हजार र प्रतिकिलोग्राम जिउँदाको मूल्य रुपैँया ५० देखि रुपैँया १०० सम्म घटेको हो । बेनीका भरत रकालले गत वर्ष रु. ४० हजार तिरेर भेडाच्याङग्रा किनेकोमा यसपाली रु. ३५ हजारमै पाइएको बताउनुभयो ।

“तीन वर्षअघि रोज्जा च्याङग्राको मूल्य प्रतिगोटा रु. ५२ हजार र च्यालु (हिमाली भेडा)को मूल्य रु. ४०÷४२ हजार थियो,” उहाँले भन्नुभयो “मूल्य सस्तीएपछि लेकाली भेडाच्याङग्राको मासुका परिकार खाएर दशै मनाउने मध्यम वर्गका उपभोत्ताको रहर पुरा गर्न सहज भएको छ ।”

नेपाल चौपाया खरिद बिक्री संघका संस्थापक अध्यक्ष ज्ञानकुमार श्रेष्ठले डोल्पा, मुगु, जुम्ला र तिब्बतीबाट पनि च्याङग्रा आउनु, मुस्ताङमा च्याङग्रापालन बढ्नु, ‘जेनजी पुस्ता’को आन्दोलनपछि देशको असहज परिस्थितिका कारण उपभोग घट्ने डरले मूल्य घटेको बताउनुभयो ।

श्रेष्ठको समूहले पछिल्लो १० दिनमा मुस्ताङबाट दुई हजार पाँच सय च्याङग्रा काठमाडौ पु¥याएका छन् । गत वर्ष काठमाडौमा जिउँदो च्याङग्रा प्रतिकिलो रु. एक हजार तीन सयका दरले बिक्री गरेकोमा यसपाली रु. एक हजार दुई सय ५० का दरले बिक्री गरेको श्रेष्ठले बताउनुभयो ।

दसैका लागि म्याग्दी, बागलुङ, पर्वत, पोखरा, काठमाडौ, चितवन र बुटवलका बजारमा झारिएका भेडाच्याङग्राको मुख्य स्रोत मुस्ताङ, जुम्ला, मुगु र डोल्पा हो । तातोपानी र रसुवाको नाका बन्द भएकाले ठूला सहरमा यसपाली मुस्ताङबाट मात्र भेडाच्याङग्रा मात्र झरेका छन् ।

पोषिलो, स्वास्थ्यप्रद्र्धक, शक्तिव्रद्र्धक, स्वादीलो हुने भएकाले चाडपर्वमा जडिवुटीयुक्त बुकीमा चरेका हिमाली च्याङग्राको मासु उपभोग गर्ने चलन रहेको बेनीका नेत्रराज सुवेदीले बताउनुभयो ।

यसबर्ष रु. ३५ करोडभन्दा बढी मूल्य बराबरको १४ हजार छ सय ६८ भेडा च्याङग्रा बिक्री भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, मुस्ताङले जनाएको छ । सात हजार छ सय ६८ मुस्ताङका किसानले पालेका, छ हजार आठ सय ६८ डोल्पा, मुगु र जुम्लाबाट आएका भेडाच्याङग्राको स्वास्थ्य परिक्षण गरेर बजार पठाउन अनुमति दिएको केन्द्रका प्रमुख लालमणी अर्यालले बताउनुभयो ।

किसानले अधिकतम च्याङग्रालाई रु. ३५ हजार र भेडा (च्यालु)लाई रु. २८ हजारमा बेचेका छन् । पाँच वर्ष उमेर पुगेका च्याङग्रा मासुका लागि उपभोगी मानिन्छ । शरिरमा लामो रौ भएका च्याङग्रा रैथाने हुन् । तिब्बतबाट ल्याएको च्याङग्राको शरिरमा रौ छोटो हुन्छ ।
लोमान्थाङ गाउँपालिका– ३ नामग्यालका किसान तेन्जीङ गुरुङले च्याङग्रापालनबाट जिविकोपार्जन गरेको बताउनुभयो । उहाँले यसपाली ५० वटा च्याङग्रा बिक्री गरेको बताउनुभयो । मुस्ताङी भेडाच्याङग्राको ठूलो बजार पोखरा हो ।

म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, तनहुँ, लमजुङका बजारमा पनि भेडाच्याङग्राको खपत बढी हुने गरेको छ । मुुस्ताङको वारागुुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुुण्ड र लोमान्थाङ गाउँपालिकामा ५० हजार च्याङग्रा पालिएका छन् । उपल्लो मुस्ताङका कृषकको मुख्य आयस्रोत च्याङग्रापालन हो ।

हिउँचितुवा र ब्याँसोको आक्रमणबाट बचाउनु च्याङग्रापालक किसानको प्रमुख चुनौति हो । यसैगरी पर्याप्त हिउँ नपर्दा लेकाली क्षेत्रमा घाँस कम उम्रीएकाले भेडाच्याङग्राको लागि आहराको अभाव हुन थालेको छ । हिउँदमा आवश्यकता भन्दा बढी हिउँ पर्दा भेडाबाख्रा आहराको अभावमा मर्ने समस्या पनि छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने