बुद्ध लामा बने नेपाल आइडल, सेकेन्ड रनरअपमा निसान

साझासवाल
1 Min Read

असोज ७, काठमाडौँ | नेपाल आइडलको कतारमा भएको ग्र्याण्ड फिनाले मा पहिलो नेपाल आइडल बुद्ध लामा बन्न सफल भएका छन् | प्राबिधिक कारणले एपी वान टेलिभिजन मार्फत भने दर्शकले नेपाल आइडल हेर्न पाएनन् |

त्यस्तै नेपाल आइडलमा निशान भट्टराई फस्ट रनर अप बनेका छन् | सेकेण्ड रनरअप प्रताप दास बनेका छन् ।

दर्शकले दिएको सबभन्दा बढी भोटको आधारमा बुद्ध लामालाई विजेता घोषणा गरिएको हो ।

नेपाल आइडल बनेका बुद्ध लामाले  २० लाख नगद सहित महिन्द्रा केयुभि १०० कार र १५ लाख बराबरको एल्वम कन्ट्रयाक्ट प्राप्त गरेका छन् ।

त्यस्तै फस्ट रनरअप बनेका निसानले १५ लाख नगद प्राप्त गरेका छन् भने सेकेण्ड रनरअप बनेका प्रताप दासले १० लाख रुपियाँ नगद प्राप्त गरेका छन् ।

नेपालमा भने दर्शकले टेलिभिजनमा लाइभ हेर्न नपाएको भन्दै नेपाल आइडलको आयोजकको निकै आलोचना गरेका छन् |

Share This Article
Leave a Comment

Leave a Reply