२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब, वृद्धिदर ४.६१ प्रतिशत

२८ आश्विन २०८२, मंगलवार १७:००

काठमाडौँ | गत आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर चार दशमलव ६१ प्रतिशत र अर्थतन्त्रको आकार रु ६१ खर्ब सात अर्ब २२ करोड बराबर देखिएको छ ।

अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनअनुसार गत आवमा कुल रु १८ खर्ब ६० अर्ब ३० करोड बजेट विनियोजन गरिएकामा रु १५ खर्ब १२ अर्ब ९८ करोड अर्थात् ८१ दशमलव ३३ प्रतिशत खर्च भएको छ ।

चालु खर्चमा रु ११ खर्ब ४० अर्ब ६७ करोड विनियोजन भएकामा रु नौ खर्ब ५६ अर्ब ३६ करोड अर्थात् ८३ दशमलव ८४ प्रतिशत खर्च भएको छ । पुँजीगततर्फ रु तीन खर्ब ५२ अर्ब ३५ करोड विनियोजन भएकामा रु दुई खर्ब २३ अर्ब ९४ करोड अर्थात् ६३ दशमलव ५६ प्रतिशत खर्च भएको छ । वित्तीय व्यवस्थातर्फ रु तीन खर्ब ६७ अर्ब २८ करोड विनियोजन भएकोमा रु तीन खर्ब ३२ अर्ब ६७ करोड अर्थात् ९० दशमलव ५८ प्रतिशत खर्च भएको प्रतिवेदनमा जनाइएको छ ।

गत आर्थिक वर्षमा कुल रु ११ खर्ब ९६ अर्ब १८ करोड ९८ लाख राजस्व सङ्कलन भएको छ । जसमध्ये कर राजस्व रु १० खर्ब ४९ अर्ब ८७ करोड ५४ लाख, गैरकर राजस्व रु एक खर्ब २८ अर्ब ९४ करोड ४८ लाख र अन्य प्राप्ति रू १७ अर्ब ३६ करोड ९६ लाख रहेको अर्थ मन्त्रालयले जनाएको छ । बजेटमा लक्ष्य गरिएको राजस्व सङ्कलन लक्ष्य रु १४ खर्ब १९ अर्ब ३० करोड ३० लाखको तुलनामा ८४ दशमलव २८ प्रतिशत राजस्व सङ्कलन भएको हो ।

गत आर्थिक वर्षमा अनुदान रु २३ अर्ब ५३ करोड र ऋण रु एक खर्ब २५ अर्ब ४० करोड गरी कुल रु एक खर्ब ४८ अर्ब ९३ करोड वैदेशिक सहायता प्राप्त भएको छ । गत आवको कुल वैदेशिक सहायतामध्ये अनुदान १५ दशमलव ८० प्रतिशत र ऋण ८४ दशमलव २० प्रतिशत बराबर हो ।

घाटा बजेट परिपूर्तिका लागि गत आवमा सरकारले रु तीन खर्ब २९ अर्ब ९९ करोड आन्तरिक ऋण रु एक खर्ब २५ अर्ब ४० करोड बाह्य ऋण गरी कुल रु चार खर्ब ५५ अर्ब ३९ करोड बराबरको सार्वजनिक ऋण परिचालन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै