2026-08-04 08:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बागमती प्रदेश

ग्यास बुलेट गाडीको ठक्करबाट श्रीमान्को मृत्यु, श्रीमती र छोरा घाइते

काठमाडौँ | पूर्व-पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका– ७ लच्कास्थित सडकमा आज बिहान ग्यास बुलेट गाडीले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छभने श्रीमती र छोरा घाइते भएका छन् ।

चितवनबाट मनहरीतर्फ आउँदै गरेको बा प्र २–०५७ प ३२३० नं को स्कुटरलाई सोही दिशातर्फ आउँदै गरेको एनएल ०१ एन ०२८० ग्यास बुलेटले ठक्कर दिँदा स्कुटर चालक सिन्धुपालचोकको चौतारा नगरपालिका–५ निवासी ३० वर्षीय केदार श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।

दुर्घटनामा गम्भीर घाइते श्रेष्ठलाई उपचारका लागि हेटौँडा अस्पतालमा ल्याएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । सोही दुर्घटनामा परी स्कुटरको पछाडि सवार मृतकका श्रीमती २८ वर्षीया सरस्वती श्रेष्ठ, दुई वर्षीय छोरा प्रवीण श्रेष्ठ घाइते भएको र दुवै जनाको एलाइभ अस्पताल चितवनमा उपचार भइरहेको छ ।

ठक्कर दिने ग्यास बुलेटसहित चालक भारतको विहार निवासी ५५ वर्षीय मोहम्मद मतिनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी राष्ट्रिय राजनीतिको मूलधारबाट झण्डैझण्डै टाढिने अवस्थामा छौँ: शंकर पोखरेल ​विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइने मुग्लिङ–नारायणगढ सडकखण्ड सञ्चालनमा शेयर बजारमा झिनो गिरावट सुनकोशीमा खसेको कारमा सवारमध्ये दुई जनाको पहिचान खुल्यो परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ राष्टियसभाको आजको बैठकमा विभिन्न कार्यसूची पेस हुँदै सुनकोसी नदीमा कार खस्यो चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नारायणगढ सडक अवरुद्ध पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि हिमपहिरोमा परेका निर्मल पुर्जाको निधन भएको पुष्टि विश्वविद्यालयको छतबाट हाम फालेर आज एक विद्यार्थीको मृत्यु चर्चित आरोही निर्मल पुर्जाको निधन कुवेतमा ड्रोन हमलामा परी मृत्यु भएका सोमकुमारको शव नेपाल ल्याइँदै हेटौंडामा किशोरी मृत फेला विदेश पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ एलपी ग्यासको अभाव नरहेको आयल निगमको दाबी, नपाए हटलाइनमा सम्पर्क गर्न आग्रह ब्रड पिकमा आज पुनः उद्धार उडान सञ्चालन