काठमाडौँ | आज बुधबार पनि सुनचाँदीको मूल्य घटेको छ । यस दिन सुन तोलाको ७ सय रूपैयाँले सस्तिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ३६ हजार ३ सय रुपैयाँ कायम भएको छ । हिजो मंगलबार २ लाख ३७ हजार रुपैयाँ थियो ।
आज चाँदीको मूल्य तोलाको १५ रूपैयाँले घटेर २ हजार ९६५ रुपैयाँ कायम भएको छ । हिजो २ हजार ९८० रुपैयाँ थियो । पछिल्लो समय सुनको मूल्य लगातार घटिरहेको छ । आइतबारदेखि आज बुधबारसम्म सुनको मूल्य निरन्तर ओरालो लागेको छ ।