2026-09-13 01:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानन्त्रीको आह्वानमा त्रिपक्षीय छलफल सुरु

काठमाडौँ | प्रधानमन्त्री सुशीला कार्कीको अह्वानमा सरकार, राजनीतिक दल र जेनजी समूहको त्रिपक्षीय छलफल सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा राजनीतिक दलबाट १६ र जेनजी समूहबाट १४ जनाको सहभागिता रहेको छ । निर्वाचनको वातावरण बनाउन पहिलो पटक हुन लागेको यस प्रकारको महत्त्वपूर्ण छलफलमा सरकार तर्फबाट प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा र शिक्षामन्त्री महावीर पुन हुनुहुन्छ ।

जेनजी समूहबाट ‘इण्डिजिनिस जेनजी केलेक्टिभ’, ‘हाउ टु देश विकास’ र ‘जेनजी मुभमेन्ट एलाइन्स’का तर्फबाट १३ जना सहभागी हुनुहुन्छ । छलफलमा आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचनको समग्र वातावरण निर्माण, राजनीतिक समझदारी जुटाउने लगायतका विषय कार्यसूची रहेको छ ।

राजनीतिक दलका तर्फबाट नेपाली कांग्रेसका प्रवक्ता प्रकाशरण महत, नेकपा (एमाले) का तर्फबाट केन्द्रीय सदस्य महेश बर्ताैला, युवा सङ्घका अध्यक्ष क्षितिज थेवे, नेकपा (माओवादी केन्द्र)बाट नेताहरू नारायणकाजी श्रेष्ठ, वर्षामान पुन र माधव सापकोटा सहभागी हुनुहुन्छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपभापति डा स्वर्णीम वाग्ले र केन्द्रीय सदस्य निशा डाँगी, नेकपा (एकीकृत समाजवादी)बाट प्रकाश ज्वाला र राजेन्द्र पाण्डे र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट महामन्त्री राजेन्द्र गुरुङ र प्रवक्ता मोहन श्रेष्ठ सहभागी हुनुहुन्छ ।

जेनजीका तर्फबाट १३ जना प्रतिनिधि मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव, सामना लावती, खेमराज साउद, उपअर्जुन चाम्लिङ, भोजविक्रम थापा, मिराज ढुङ्गाना, विवेक दाहाल, जेम्स कार्की, रेहनराज डङ्गोल, अमित खनाल र राजन रानामगर रहनुभएको छ ।

निर्वाचन सफल बनाउन सरकारले चरणबद्ध वार्ता र छलफल गर्दै आएको छ । यसअघि कात्तिक ४ प्रधानन्त्री कार्कीको आह्वानमा सरकार र राजनीतिक दलबीच छलफल भएको थियो । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री कार्की र जेनजी समूहबीच छलफल भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन