२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अनलाइन टिभीलाई नयाँ मूलधारको मिडियाका रूपमा स्थापित गर्नुपर्छ : सञ्चारमन्त्री खरेल

२०८२, १३ कार्तिक बुधबार १८:११

काठमाडौँ | सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन टेलिभिजनलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले आज मन्त्रालयमा ती सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूसँग अन्तरक्रिया गरेको छ । मन्त्रालयले पहिलो पटक अनलाइन टिभीका प्रतिनिधिहरूसँग छलफल गरी राय सुझाव लिएको हो ।

ती सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूले चौथो पुस्ताको पत्रकारितालाई सुदृढ र सशक्त बनाउनुपर्ने, पेसागत व्यावसायिकता, विश्वसनियता, गुणस्तर र जिम्मेवार बनाउनुपर्नेमा जोड दिनुभएको छ । छलफलका क्रममा उहाँहरूले अनलाइन टिभीलाई मूलधारको मिडियाका रूपमा मान्यता दिई राज्यकोतर्फबाट लोककल्याणकारी विज्ञापनलगायत अन्य सहुलियतका लागि पहल गरिदिन मन्त्रालयलाई आग्रह गर्नुभयो ।

सञ्चारमन्त्री खरेलले अनलाइन टिभीलाई नयाँ मूलधारको मिडियाको रूपमा स्थापित गर्न पहल गरिने विश्वास व्यक्त गर्नुभयो । उहाँले अनलाइन टिभीको भूमिका अबको सूचनाको मुख्य माध्यमका रूपमा विस्तार भइरहेको भन्दै सरकारले अनलाइन सञ्चारमाध्यमलाई जिम्मेवार, व्यवस्थित र सशक्त बनाइने विश्वास व्यक्त गर्नुभयो ।

सञ्चारमन्त्री खरेलले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण प्रक्रिया सूचना विभागमार्फत नै हुनेगरी व्यवस्था मिलाइएको जानकारी दिनुभयो । मन्त्रिपरिषद् बैठकबाट अनलाइन दर्ता र नवीकरणसम्बन्धी नियमावली पारित भई केही दिनमै राजपत्रमा प्रकाशित हुने जानकारी दिनुभयो ।

सञ्चारमन्त्री खरेलले सरकार नागरिक पत्रकारिता कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेमा संवेदनशील भएको र नयाँ मूलधारका माध्यमहरूले सरकारले प्राथमिकतामा राखेको फागुन २१ को निर्वाचनको पक्षमा सूचना सम्प्रेषण गरेर सहयोग गर्न आग्रह गर्नुभयो ।

‘सामाजिक सञ्चाल कहिल्यै बन्द हुँदैन’

सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री खरेलले सामाजिक सञ्जाल कहिल्यै पनि बन्द नहुने र बन्द नगरिने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले नयाँ मूलधारको मिडिया वा कुनै पनि सञ्चारमाध्यम बन्द हुन नहुने स्पष्ट पार्नुभयो । सञ्चारमन्त्री खरेलले भन्नुभयो, “म सञ्चारमन्त्रीको हैसियतले स्पष्ट पार्न चाहन्छु, सामाजिक सञ्जाल र नयाँ मूलधारको मिडिया कहिल्यै पनि बन्द हुनुहुँदैन र बन्द गरिदने छैन । कुनै पनि प्रकारका मिडिया बन्द गरिनु हुँदैन र त्यस्तो हुनेछैन ।”

मन्त्री खरेलले सामाजिक सञ्जाल व्यवस्थित र जिम्मेबार बनाउनुपर्छ र सबै जिम्मेवार बन्नुपर्छ भन्ने सरकारको धारणा रहेको स्पष्ट पार्नुभयो । उहाँले नयाँ मूलधारका मिडियाका प्रतिनिधिलाई तालिमका लागि मन्त्रालयले पहल गर्ने विश्वास व्यक्त गर्नुभयो ।

अन्तरक्रियामा अनलाइन टिभी सङ्घका अध्यक्ष जीवन भण्डारीले अनलाइन टिभीहरूलाई पनि सरकारले लोक–कल्याणकारी विज्ञापन दिनुपर्नेमा जोड दिनुभयो । उहाँले अनलाइन टिभीलाई व्यवस्थित गर्न सूचीकरण, पत्रकार प्रशिक्षण, डिजिटल साक्षरता अभियान तथा सामाजिक सुरक्षाका लागि पहल गरिदिन आग्रह गर्नुभयो ।

त्यस्तै लोकसञ्चारकर्मी सङ्घका अध्यक्ष चन्द्रमणि गौतमले लोकसञ्चारकर्मीहरूले सम्पूर्ण लोकका लागि पत्रकारिता गर्दै आएको र मुलुकको धार्मिक, सांस्कृतिक पर्यटनका लागि कलम चलाउँदै आएको जानकारी दिनुभयो । उहाँले डिजिटल सञ्चारको नियमन र प्रवद्र्धनमा प्रभावकारी काम गरिनुपर्नेमा जोड दिनुभयो । डिजिटल मिडिया अलाइन्सका उपाध्यक्ष मोनिका सिंहले अनलाइन मिडियालाई मूलधारका मिडियासरह सहुलियत र व्यवस्थित गर्न जरुरी भएको बताउनुभयो ।

अन्तरक्रियामा पत्रकारहरूले अनलाइन टिभीलाई प्राथमिकता दिएर सरोकारका विषयमा छलफल र सुझाव लिएकोमा सञ्चारमन्त्रीलाई धन्यवाद दिएका छन् । कार्यक्रममा अनलाइन टिभी पत्रकार सङ्घ र राष्ट्रिय लोकसञ्चारकर्मी सङ्घलगायत विभिन्न अनलाइन टिभीमा आवद्ध पत्रकारहरूको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी