२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अनलाइन टिभीलाई नयाँ मूलधारको मिडियाका रूपमा स्थापित गर्नुपर्छ : सञ्चारमन्त्री खरेल

१३ कार्तिक २०८२, बुधबार १८:११

काठमाडौँ | सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन टेलिभिजनलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले आज मन्त्रालयमा ती सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूसँग अन्तरक्रिया गरेको छ । मन्त्रालयले पहिलो पटक अनलाइन टिभीका प्रतिनिधिहरूसँग छलफल गरी राय सुझाव लिएको हो ।

ती सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूले चौथो पुस्ताको पत्रकारितालाई सुदृढ र सशक्त बनाउनुपर्ने, पेसागत व्यावसायिकता, विश्वसनियता, गुणस्तर र जिम्मेवार बनाउनुपर्नेमा जोड दिनुभएको छ । छलफलका क्रममा उहाँहरूले अनलाइन टिभीलाई मूलधारको मिडियाका रूपमा मान्यता दिई राज्यकोतर्फबाट लोककल्याणकारी विज्ञापनलगायत अन्य सहुलियतका लागि पहल गरिदिन मन्त्रालयलाई आग्रह गर्नुभयो ।

सञ्चारमन्त्री खरेलले अनलाइन टिभीलाई नयाँ मूलधारको मिडियाको रूपमा स्थापित गर्न पहल गरिने विश्वास व्यक्त गर्नुभयो । उहाँले अनलाइन टिभीको भूमिका अबको सूचनाको मुख्य माध्यमका रूपमा विस्तार भइरहेको भन्दै सरकारले अनलाइन सञ्चारमाध्यमलाई जिम्मेवार, व्यवस्थित र सशक्त बनाइने विश्वास व्यक्त गर्नुभयो ।

सञ्चारमन्त्री खरेलले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण प्रक्रिया सूचना विभागमार्फत नै हुनेगरी व्यवस्था मिलाइएको जानकारी दिनुभयो । मन्त्रिपरिषद् बैठकबाट अनलाइन दर्ता र नवीकरणसम्बन्धी नियमावली पारित भई केही दिनमै राजपत्रमा प्रकाशित हुने जानकारी दिनुभयो ।

सञ्चारमन्त्री खरेलले सरकार नागरिक पत्रकारिता कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेमा संवेदनशील भएको र नयाँ मूलधारका माध्यमहरूले सरकारले प्राथमिकतामा राखेको फागुन २१ को निर्वाचनको पक्षमा सूचना सम्प्रेषण गरेर सहयोग गर्न आग्रह गर्नुभयो ।

‘सामाजिक सञ्चाल कहिल्यै बन्द हुँदैन’

सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री खरेलले सामाजिक सञ्जाल कहिल्यै पनि बन्द नहुने र बन्द नगरिने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले नयाँ मूलधारको मिडिया वा कुनै पनि सञ्चारमाध्यम बन्द हुन नहुने स्पष्ट पार्नुभयो । सञ्चारमन्त्री खरेलले भन्नुभयो, “म सञ्चारमन्त्रीको हैसियतले स्पष्ट पार्न चाहन्छु, सामाजिक सञ्जाल र नयाँ मूलधारको मिडिया कहिल्यै पनि बन्द हुनुहुँदैन र बन्द गरिदने छैन । कुनै पनि प्रकारका मिडिया बन्द गरिनु हुँदैन र त्यस्तो हुनेछैन ।”

मन्त्री खरेलले सामाजिक सञ्जाल व्यवस्थित र जिम्मेबार बनाउनुपर्छ र सबै जिम्मेवार बन्नुपर्छ भन्ने सरकारको धारणा रहेको स्पष्ट पार्नुभयो । उहाँले नयाँ मूलधारका मिडियाका प्रतिनिधिलाई तालिमका लागि मन्त्रालयले पहल गर्ने विश्वास व्यक्त गर्नुभयो ।

अन्तरक्रियामा अनलाइन टिभी सङ्घका अध्यक्ष जीवन भण्डारीले अनलाइन टिभीहरूलाई पनि सरकारले लोक–कल्याणकारी विज्ञापन दिनुपर्नेमा जोड दिनुभयो । उहाँले अनलाइन टिभीलाई व्यवस्थित गर्न सूचीकरण, पत्रकार प्रशिक्षण, डिजिटल साक्षरता अभियान तथा सामाजिक सुरक्षाका लागि पहल गरिदिन आग्रह गर्नुभयो ।

त्यस्तै लोकसञ्चारकर्मी सङ्घका अध्यक्ष चन्द्रमणि गौतमले लोकसञ्चारकर्मीहरूले सम्पूर्ण लोकका लागि पत्रकारिता गर्दै आएको र मुलुकको धार्मिक, सांस्कृतिक पर्यटनका लागि कलम चलाउँदै आएको जानकारी दिनुभयो । उहाँले डिजिटल सञ्चारको नियमन र प्रवद्र्धनमा प्रभावकारी काम गरिनुपर्नेमा जोड दिनुभयो । डिजिटल मिडिया अलाइन्सका उपाध्यक्ष मोनिका सिंहले अनलाइन मिडियालाई मूलधारका मिडियासरह सहुलियत र व्यवस्थित गर्न जरुरी भएको बताउनुभयो ।

अन्तरक्रियामा पत्रकारहरूले अनलाइन टिभीलाई प्राथमिकता दिएर सरोकारका विषयमा छलफल र सुझाव लिएकोमा सञ्चारमन्त्रीलाई धन्यवाद दिएका छन् । कार्यक्रममा अनलाइन टिभी पत्रकार सङ्घ र राष्ट्रिय लोकसञ्चारकर्मी सङ्घलगायत विभिन्न अनलाइन टिभीमा आवद्ध पत्रकारहरूको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट