काठमाडौँ | नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज पनि सोही मूल्यमा कारोबार भैइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेको छ । आइतबार प्रतितोला ३ हजार ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ६० रुपैयाँमा कारोवार भैइरहेको छ ।