२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा विशेष भेला आयोजना

२०८२, १९ कार्तिक मंगलवार १५:५६

काठमाडौँ | नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन पक्षधर नेताहरूले आज काठमाडौँमा छुट्टै भेला आयोजना गरेका छन् ।

पार्टीभित्र लामो समयदेखि देखिएको असन्तुष्टि, सङ्गठनात्मक निर्णयमा ढिलाइ र १५औँ महाधिवेशनको विषयमा ठोस निर्णय नआएकाले असन्तुष्ट समूहले नयाँबानेश्वरस्थित थापागाउँमा विशेष भेला आयोजना गरेका हुन् ।

भेलामा विशेष महाधिवेशनका पहलकर्तासहित देशभरका महाधिवेशन प्रतिनिधि, केन्द्रीय सदस्य, प्रदेशस्तरका नेताहरू, क्षेत्रीय प्रतिनिधि तथा असन्तुष्ट कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको छ ।

भेलामा नेपाली कांग्रेसका नेता देवराज चालिसेले पार्टी नेतृत्वले लामो समयदेखि सङ्गठनका महत्वपूर्ण निर्णयहरूमा ध्यान नदिएको आरोप लगाउँदै कांग्रेसको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन विशेष महाधिवेशन अपरिहार्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कांग्रेसको ऐतिहासिक भूमिकालाई सशक्त बनाउन र पार्टीभित्रको असन्तुष्टिलाई समाधान गर्न अब विशेष महाधिवेशनबाहेक अर्को विकल्प छैन ।”

चालिसेका अनुसार केन्द्रीय कार्यसमितिले पछिल्लो बैठकबाट १५औँ महाधिवेशनबारे कुनै ठोस निर्णय गर्न नसकेपछि, विशेष महाधिवेशनको माग गर्दै असोज २९ गते देशभरका दुई हजार ४८८ जना महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर सङ्कलन गरी कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएको थियो ।

सो मागपत्रमा पार्टीको वैचारिक दिशानिर्देश, सङ्गठन पुनर्गठन, आन्तरिक लोकतन्त्र र नेतृत्वको जवाफदेहिताको प्रश्न उठाइएको छ । आजको विशेष भेलामा कांग्रेसका नेता गुरुराज घिमिरे, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, पूर्वसांसद जगदीशनरसिंह केसीलगायतका नेताहरूले पार्टीभित्रको सुधार र सङ्गठन सुदृढीकरणका लागि तत्काल विशेष महाधिवेशन आह्वान गर्न माग गरेका छन् ।

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी र प्रतिमा गौतमलगायतको सहभागिता रहेको थियो ।

भेलाका वक्ताहरूले हालको पार्टी नेतृत्वले सङ्गठनभित्र देखिएका असन्तुष्टि, गुटबन्दी र निर्णय प्रक्रियामा पारदर्शिताको कमीलाई सम्बोधन गर्न नसकेको आरोप लगाउँदै पार्टीलाई पुनर्जीवित गर्न सबै कार्यकर्तालाई एकजुट हुन आह्वानसमेत गरेका छन् । यसैबीच आजै ललितपुरको सानेपामा कांग्रेसको केन्द्रीय समिति बैठक पनि बसिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी