2026-09-13 01:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय सङ्कट हल गर्न वामपन्थी र देशभक्त शक्ति एक भएका हौँ : संयोजक दाहाल

 नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड

काठमाडौँ | नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सङ्कट हल गर्न वामपन्थी र देशभक्त शक्तिबीच एकता भएको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र एकीकृत समाजवादीसहित विभिन्न १० वामपन्थी पार्टीबीचको एकता राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दै उहाँले त्यस्तो सङ्कट हाल गर्न कम्युनिष्ट पार्टी एक भएर अभियान चलाउन लागिएको बताउनुभयो ।

“पार्टी एकताले नयाँ राष्ट्रिय एकताको आधार तयार गरेको छ”, उहाँले भन्नुभयो ।

विगतको कमजोरी सच्याउनुको विकल्प नभएको उल्लेख गर्दै संयोजक दाहालले पार्टी नेता र कार्यकर्ताको सुझावका आधारमा पार्टी सञ्चालन गरिने प्रतिबद्धता गर्नुभयो । कम्युनिष्ट आन्दोलनलाई ध्रुव्रीकृत गर्ने अभियान सञ्चालन गरिने उद्घोष गर्दै उहाँले राष्ट्र र लोकतन्त्रको रक्षार्थ कम्युनिस्ट, लोकतन्त्रवादी र राष्ट्रवादी शक्तिसँग हातेमालो गर्नुपर्ने बताउनुभयो ।

नेपाली कम्युनिस्ट पार्टीलाई देशको १ नम्बर पार्टी बन्न कसैले रोक्न नसक्ने जिकिर गर्दै उहाँले देशभर एकता घोषणा अभियान र चुनावी गतिविधि सञ्चालन गरिने बताउनुभयो ।

आजको दिनलाई कम्युनिस्ट आन्दोलनले कहिल्यै नबिर्सने उल्लेख गर्दै संयोजक दाहालले भन्नुभयो, “सम्भवतः १० वटा घटकहरू एकैदिन मिलेको दिन सबै आ–आफ्नो ठाउँमा वैचारिक सङ्घर्षबाट गुज्रेका नेताबाट भएको यो एकता साँच्चै अभूतपूर्व छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन