काठमाडौँ | महानगरपालिका-१६ बनस्थलीस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा ललितपुर, ललितपुर महानगरपालिका-२८ बस्ने तनहुँ भिमाद नगरपालिका-४ घर भएका ४४ वर्षीय लेख बहादुर राना समेत ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २२ हजार १ सय ६० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरको हो ।
कैलाली, भजनी नगरपालिका-१ भजनी बजारस्थित मोनिस्का होटलमा जुवातास खेलिरहेको अवस्थामा होटलका संचालक ४४ वर्षीय राजु चौधरी समेत ६ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८३ हजार रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।