2026-10-26 07:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री देउवाद्वारा खाडीका नेपाली राजदूतहरुलाई यस्तो निर्देशन

असोज  ११, मस्कट (ओमन) |  प्रधानमन्त्री शेरबहादुर देउवाले खाडी क्षेत्र र अफ्रिकाका नेपाली राजदूतलाई नेपाल र नेपाली आप्रवासी कामदारको हित र उनीहरूको संरक्षणका लागि काम गर्न निर्देशन दिनुभएको छ । 

ओमनको मस्कटमा आज आयोजित ‘केन्द्र एसिया, पश्चिम एसिया र अफ्रिका क्षेत्रका नेपाली राजदूतहरुको क्षेत्रीय सम्मेलन’ मा प्रधानमन्त्री देउवाले नेपाल र नेपाली आप्रवासी कामदारको हित र उनीहरूको संरक्षणका लागि काम गर्र्र्र्र्न निर्देशन दिनुभएकोे हो । 

कार्यक्रममा प्रधानमन्त्री देउवाले सबै राजदूतको विफ्रिङ निकै चासो दिएर सुन्नुभएको थियो । उहाँले त्यस क्षेत्रमा कार्यरत नेपाली कामदारले भोग्नुपरेको समस्या समाधानका हरसम्भव प्रयास गर्न निर्देशन दिँदै यसमा सरकार गम्भीर रहेको धारणा व्यक्त गर्नुभयो । 

कार्यक्रममा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले कूटनीतिकस्तरबाट नेपालको इज्जत, प्रतिष्ठा माथि उठाउन र आर्थिक कूटनीतिमा जोड दिन राजदूतहरुलाई आग्रह गर्नुभयो । 

श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले श्रमको पुनःस्वीकृति र प्रमाणीकरणलगायत कार्यहरु दूतावासबाटै गर्न राजदूतहरुलाई निर्देशन दिनुभयो । 

बैठकमा श्रम सम्झौता गर्न बाँकी मुलुकसँग सम्झौता गर्न, नेपाललाई पर्यटन र विदेशी लगानी बढाउने जानकारी गराउन राजदूतहरुले भूमिका खेल्नुपर्ने विषयमा छलफल भएको थियो । साथै गृह, परराष्ट्र र श्रम मन्त्रालयबीच समन्वयको आवश्यकता रहेकामा सहभागीहरुले जोड दिनुभएको थियो । 

सम्मेलनमा सहभागी राजदूतहरुले दूतावासलाई सुविधा सम्पन्न बनाउनुका साथै स्थानीय भाषा र कानून जान्ने स्थानीय कर्मचारी राख्नुपर्नेमा जोड दिनुभएको थियो । 

अधिकांश राजदूतहरुले कामदारमा सचेतना र दक्षताको कमी हुनुका साथै अवैधानिक रुपमा अन्य मुलुक जाने भएकाले बढी समस्या देखिने गरेको अनुभव सुनाएका थिए । दूतावासमा उद्धारको व्यवस्था प्रभावकारी गर्न नसकिएको, बजेट र जनशक्तिको कमीलगायतका कारण सोचेजस्तो काम गर्न चुनौती थपिएको राजदूतहरुको गुनासो थियो । 

खाडी क्षेत्रका विभिन्न मुलुकमा हाल वैधानिक रुपमा श्रम स्वीकृति लिएर काम गर्ने करिब १५ लाख नेपाली कामदार छन् भने अवैधानिक रुपमा पनि हजारौँको संख्यामा नेपाली कामदार कार्यरत रहेको बुझिएको छ । 

सम्मेलनमा ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल, साउदी अरबका लागि नेपाली राजदूत डा महेन्द्र सिंह, साउदी अरबको जेद्धाका लागि नेपाली कार्यवाहक महावाणिज्यदूत रेवती पौडेल, कतारका लागि नेपाली राजदूत रमेश कोइराला, इजरायलका लागि नेपाली राजदूत निरन्जन थापा, दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत अमृतबहादुर राई, कुवेतका लागि नेपाली राजदूत यज्ञबहादुर हमाल, बहराईनका लागि नेपाली राजदूत पदम सुन्दास, ईजिप्टका लागि नेपाली राजदूत झबिन्द्रप्रसाद अर्याल, संयुक्त अरब ईमिरेट्सका लागि नेपाली कार्यवाहक राजदूत नेत्रबहादुर टण्डनले सो क्षेत्रको वस्तुस्थितिका साथै भोग्नुपरेका चुनौतीका बारेमा प्रधानमन्त्री देउवालाई जानकारी गराउनुभएको थियो । – रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने