काठमाडौँ | नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले बढेको हो । यससँगै सोमबार सुनको मूल्य तोलामा २ लाख ४१ हजार ५०० रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला २ लाख ३८ हजार ६०० रुपैयाँका कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला ३ हजार ६५ रुपैयाँ कायम भएको हो ।