२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाइस हजार विद्यार्थीको ‘डिजिटल’ स्वास्थ्य ‘प्रोफाइल’ तयार

२६ कार्तिक २०८२, मंगलवार १३:३२

काठमाडौँ | ‘हाम्रो हेल्थ’ नामक संस्थाले काठमाडौँ उपत्यकाका ४५ बढी विद्यालयका २२ हजार बढी विद्यार्थीको ‘डिजिटल’ स्वास्थ्य ‘प्रोफाइल’ तयार पारेको छ ।

यसैगरी ५८ हजार बढी स्वास्थ्य अभिलेख विन्दुहरू सुरक्षित रूपमा ‘डिजिटलाइज’ गरेको छ । विद्यार्थीको स्वास्थ्य अभिलेख कागजमा सीमित हुँदा व्यवस्थापनमा चुनौती देखिएपछि सो संस्थाले प्रविधिमा आधारित विद्यार्थी स्वास्थ्य ‘रेकर्डिङ’ प्रणाली विकास गरेको हो । यसमार्फत विद्यार्थीहरूको डिजिटल स्वास्थ्य प्रोफाइल तयार पारिँदै आएको र जसमा विद्यालयमा भएका सबै स्वास्थ्यसम्बन्धी क्रियाकलाप व्यवस्थित रूपमा अभिलेख गरिएको जनाइएको छ ।

हाम्रो हेल्थका संस्थापक डा प्रशान्त भट्टराईले सरकारको ‘एक विद्यालय, एक नर्स’ नीति, मध्याह्न भोजन, खोप, ‘डिवर्मिङ’, आयरन÷भिटामिन वितरण जस्ता कार्यक्रमहरू बढ्दै गएका बेला विद्यार्थीले स्वास्थ्यको व्यवस्थित ‘डाटाबेस’ नहुनुले सरकारले वास्तविक समयमा तथ्याङ्क पाउन नसक्ने अवस्था रहेको बताउनुभयो । उहाँका अनुसार यस संस्थाले विद्यार्थी, अभिभावक, विद्यालय र नगरपालिकालाई तथ्य–आधारित निर्णय लिन सहयोग गर्ने बलियो विद्यार्थी स्वास्थ्य तथ्याङ्क बनाइरहेको छ ।

प्रोफाइलमा सरकारले सञ्चालन गर्ने खोप, आयरन र भिटामिन वितरण, कीरा मार्ने (डिवर्मिङ) कार्यक्रमहरू, विद्यालयमा हुने निजी क्षेत्रका स्वास्थ्य परीक्षणहरूलगायत विद्यालय नर्सहरूले दिने प्राथमिक उपचार तथा तत्कालीन स्वास्थ्य सेवाबारे समेटिने भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार विद्यालयमा भएका हरेक स्वास्थ्यसम्बन्धी क्रियाकलाप समेट्ने दीर्घकालीन र व्यवस्थित अभिलेख समेट्नु नै संस्थाको प्रमुख कार्य हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी एनपिएलः काठमाडौंद्वारा पोखरालाई १६६ रनको लक्ष्य एनपिएल : अर्धशतकको सङ्ख्या २८ पुग्यो अबदेखि रत्नपार्कमा निःशुल्क इन्टरनेट चलाउन पाइने लामो दूरीका रात्रि तथा दिवा सेवाका गाडी बसपार्कबाट मात्रै छुट्ने