२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समृद्धिको अभिभारा नेपाली कम्युनिष्ट पार्टीले पूरा गर्नुपर्छ : नेता रावल

२७ कार्तिक २०८२, बुधबार १७:०५

काठमाडौँ | मातृभूमि जागरण अभियान, नेपाल प्रस्तावक डा भीम रावलले मुलुकलाई आर्थिक सामाजिक रूपमा समृद्धि बनाउने अभिभारा नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले पूरा गर्नुपर्ने बताउनुभएको छ । आफू नेतृत्वको जागरण अभियान र नेपाली कम्युनिष्ट पार्टी बीचको एकता घोषणासभालाई आज सम्बोधन गर्दै उहाँले राष्ट्रिय सुरक्षा, रोजगारी सिर्जना र समृद्धिको ढोका उघार्ने जिम्मेवारी यसै पार्टीको भएको बताउनुभयो ।

“नेपालमा अपार सम्पदा छन्, त्यसमा नेपालीको हकअधिकार स्थापित गर्दै समृद्धिको रेखा कोर्नुपर्छ”, प्रस्तावक रावलले भन्नुभयो, “देशको रक्षा, जनताको सुरक्षा पहिलो कर्तव्य हुनुपर्छ, यस पार्टीले राष्ट्रिय सुरक्षा नीति ल्याउनुपर्छ, यसबाट हाम्रो सीमानाको रक्षा गर्नुपर्छ । सरकारी र निजी सम्पत्ति अब जल्ने छैन भन्ने विश्वास दिलाउन सक्नुपर्छ ।”

नेपाली कम्युनिष्ट पार्टीका नेत्री पम्फा भुसालले मुलुकको आर्थिक सामाजिक रूपान्तरणसँगै क्रान्तिकारी कम्युनिष्ट आन्दोलनलाई एकीकृत गरेर समाजवादी क्रान्तिको नेतृत्व गर्ने अभिभारा पनि नेकपाको काँधमा आएको बताउनुभयो । “केही दिनअघि १० कम्युनिष्ट घटक, आज मातृभूमि जागरण अभियानलगायत वाम पार्टीसँग एकता भएको छ, अब कम्युनिष्ट ध्रुवीकरणले निरन्तरता लिनेछ”, उहाँले भन्नुभयो, “जबसम्म एउटै कम्युनिष्ट पार्टी बन्दैन, त्यति बेलासम्म एकता प्रक्रिया अघि बढिरहनेछ ।”

नेकपाको नेतृत्वमा देशका चुनौती समाधान, जनताको आवश्यकता पूरा र राष्ट्रिय स्वाधिनताको संरक्षण गर्ने महाअभियान सुरु भएको उद्घोष गर्दै उहाँले एकता अभियानलाई सफल बनाएरै छाडिने दृढता व्यक्त गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य प्रकाशबहादुर शाहले मुलुकका अगाडि देखिएका समस्या समाधान गर्न क्रान्तिकारी कम्युनिष्टहरू एकताबद्ध हुनुपर्छ भन्ने भावनाका साथ आफू नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको बताउनुभयो । “एमालेले नेकपाका संस्थापक महासचिव पुष्पलालको विरासत थाम्न सकेन, जनजनेता मदन भण्डारीको पनि पार्टी हुन सकेन”, उहाँले भन्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी श्रमजीवीका महासचिव प्रमोदनारायण यादवले नेपाली कम्युनिष्ट पार्टीको एकता अभियानलाई जनस्तरमा लैजाने प्रतिबद्धता व्यक्त गर्दै जनजीविकाको सम्बोधन यस पार्टीबाट मात्र सम्भव रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान