2026-07-26 08:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समृद्धिको अभिभारा नेपाली कम्युनिष्ट पार्टीले पूरा गर्नुपर्छ : नेता रावल

काठमाडौँ | मातृभूमि जागरण अभियान, नेपाल प्रस्तावक डा भीम रावलले मुलुकलाई आर्थिक सामाजिक रूपमा समृद्धि बनाउने अभिभारा नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले पूरा गर्नुपर्ने बताउनुभएको छ । आफू नेतृत्वको जागरण अभियान र नेपाली कम्युनिष्ट पार्टी बीचको एकता घोषणासभालाई आज सम्बोधन गर्दै उहाँले राष्ट्रिय सुरक्षा, रोजगारी सिर्जना र समृद्धिको ढोका उघार्ने जिम्मेवारी यसै पार्टीको भएको बताउनुभयो ।

“नेपालमा अपार सम्पदा छन्, त्यसमा नेपालीको हकअधिकार स्थापित गर्दै समृद्धिको रेखा कोर्नुपर्छ”, प्रस्तावक रावलले भन्नुभयो, “देशको रक्षा, जनताको सुरक्षा पहिलो कर्तव्य हुनुपर्छ, यस पार्टीले राष्ट्रिय सुरक्षा नीति ल्याउनुपर्छ, यसबाट हाम्रो सीमानाको रक्षा गर्नुपर्छ । सरकारी र निजी सम्पत्ति अब जल्ने छैन भन्ने विश्वास दिलाउन सक्नुपर्छ ।”

नेपाली कम्युनिष्ट पार्टीका नेत्री पम्फा भुसालले मुलुकको आर्थिक सामाजिक रूपान्तरणसँगै क्रान्तिकारी कम्युनिष्ट आन्दोलनलाई एकीकृत गरेर समाजवादी क्रान्तिको नेतृत्व गर्ने अभिभारा पनि नेकपाको काँधमा आएको बताउनुभयो । “केही दिनअघि १० कम्युनिष्ट घटक, आज मातृभूमि जागरण अभियानलगायत वाम पार्टीसँग एकता भएको छ, अब कम्युनिष्ट ध्रुवीकरणले निरन्तरता लिनेछ”, उहाँले भन्नुभयो, “जबसम्म एउटै कम्युनिष्ट पार्टी बन्दैन, त्यति बेलासम्म एकता प्रक्रिया अघि बढिरहनेछ ।”

नेकपाको नेतृत्वमा देशका चुनौती समाधान, जनताको आवश्यकता पूरा र राष्ट्रिय स्वाधिनताको संरक्षण गर्ने महाअभियान सुरु भएको उद्घोष गर्दै उहाँले एकता अभियानलाई सफल बनाएरै छाडिने दृढता व्यक्त गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य प्रकाशबहादुर शाहले मुलुकका अगाडि देखिएका समस्या समाधान गर्न क्रान्तिकारी कम्युनिष्टहरू एकताबद्ध हुनुपर्छ भन्ने भावनाका साथ आफू नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको बताउनुभयो । “एमालेले नेकपाका संस्थापक महासचिव पुष्पलालको विरासत थाम्न सकेन, जनजनेता मदन भण्डारीको पनि पार्टी हुन सकेन”, उहाँले भन्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी श्रमजीवीका महासचिव प्रमोदनारायण यादवले नेपाली कम्युनिष्ट पार्टीको एकता अभियानलाई जनस्तरमा लैजाने प्रतिबद्धता व्यक्त गर्दै जनजीविकाको सम्बोधन यस पार्टीबाट मात्र सम्भव रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ