Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओमनसँगको सम्झौता नेपाल-ओमन सम्बन्धमा नयाँ आयाम

२०७४, १३ आश्विन शुक्रबार ००:४१

असोज १३, मस्कट (ओमान) रासस| प्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईले नेपाल र ओमनबीच कूटनीतिकस्तरमा द्विपक्षीय संयन्त्र स्थापना गर्नुभएको सम्झौताले दुवै मुलुकको कूटनीतिक सम्बन्धमा नयाँ आयाम थपिएको बताउनुभएको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाको ओमनको औपचारिक भ्रमणका क्रममा मस्टकस्थित ग्राण्ड ह्यात होटलमा यहाँस्थित नेपाली दूतावासले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो —“यो सम्झौताले दुवै मुलुकबीच सहयोग र सम्भावनाका क्षेत्र पहिचान गर्न राम्रो शुरुवात भएको छ ।” 

सम्मेलनमा परराष्ट्र सचिव शंकरदास वैरागीले सम्झौतापछि नेपालको लगानीका सम्भावनाका क्षेत्रमा ओमनको लगानी भित्र्याउन सहज हुने बताउँदै ओमनमा कार्यरत नेपाली कामदारका समस्या समाधानमा थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

नेपालका लागि ओमनका राजदूत शर्मिला पराजुली ढकालले सम्झौताले दुई देशको सम्बन्ध नयाँ उचाइमा पुगेको बताउँदै आपसी हितका लागि दुवै मुलुक मिलेर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो । 

दुवै मुलुकका परराष्ट्रमन्त्री तथा अन्य उच्च अधिकारीको उपस्थितिमा नेपालका लागि ओमनका राजदूत शर्मिला पराजुली ढकाल र ओमनको परराष्ट्र मन्त्रालयका पश्चिम एशिया प्रमुख सेख हिलाह मर्हुन अल मम्मरीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । 

प्रधानमन्त्री शेरबहादुर देउवाको ओमन भ्रमण तथा दुवै मुलुकबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ४०औँ वर्ष पुगेकोे अवसरमा सो सम्झौता भएको हो । 

प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको ७२औँ महासभामा भाग लिई स्वदेश फर्कने क्रममा संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबी हुँदै यहाँ आइपुगेकोे हो । प्रधानमन्त्री देउवाको तीनदिने ओमनको कार्यक्रमलाई ओमन सरकारले औपचारिकता दिएको थियो । 

प्रधानमन्त्री देउवाको तीनदिने भ्रमणको अन्तिम दिन हिजो यहाँस्थित नेपाली दूतावासले विशेष रात्रिभोजको आयोजना गरेको थियो । भोजमा प्रधानमन्त्री देउवा, नेपाली प्रतिनिधिमण्डलका सदस्य, ओमन सरकारका उच्च अधिकारी, यहाँस्थित विदेशी नियोगका उच्च अधिकारीलगायत सहभागी हुनुहुन्थ्यो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश