2026-09-12 11:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजनीतिभित्रको दलालीकरण र भ्रष्टीकरण अन्त्य गर्नु पहिलो कर्तव्य होः सहसंयोजक नेपाल

काठमाडौँ | नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले राजनीतिक क्षेत्रमा देखिएको अपराधीकण, व्यापारीकरण, दलालीकरण, ठेकेदारीकण र भ्रष्टीकरणको समस्या सुधार्नु राजनीतिको पहिलो कर्तव्य भएको बताउनुभएको छ ।

नेकपा र मातृभूमि जागरण अभियान नेपालबीचको सङ्गठनात्मक एकीकरणसभालाई आज सम्बोधन गदै उहाँले देशमा सुधार ल्याउने हुटहुटी पूरा गर्न आवश्यक सङ्कल्प लिएर अघि बढ्नुपर्ने बताउनुभयो ।

सहसंयोजक नेपालले राजनीतिप्रति देखिएको जनताको वितृष्णाका बारेमा समीक्षा गर्नुपर्नेमा जोड दिँदै पार्टी र नेता तथा कार्यकर्ताभित्र झाङ्गिएको विकृति र विसङ्गति सुधार गरेर जानुपर्ने बताउनुभयो । “विगत विर्सियौँ भने पूरानै अवस्था दोहोरिन बेर लाग्दैन”, उहाँले भन्नुभयो ।

नयाँ क्रान्तिकारी सङ्कल्प बोकेको पार्टी निर्माण गर्ने अभियान सुरु भएको जानकारी दिँदै उहाँले आफूभित्रको कमजोरी सुधार्ने प्रतिबद्धता अहिलेको आवश्यकता भएको बताउनुभयो ।

“नेकपालाई क्रान्तिकारी चरित्र, देश र जनताप्रति इमान्दार र समर्पित भएका योद्धाको पार्टी बनाउनुपर्छ”, सहसंयोजक नेपालले भन्नुभयो, “परिवर्तन यत्तिकै हुनेवाला छैन, यो आफैँबाट सुरु गर्नुपर्छ । अनेक खालका भड्काउबाट मुक्त हुनुपर्छ । जिम्मेवारी पूरा नगर्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ ।” पार्टीभित्रको अनुशासन अत्यन्त महत्वपूर्ण भएको उल्लेख गर्दै उहाँले आफूलाई लागेका कुरा कमिटीमा राख्नुपर्ने बताउनुभयो ।

जेनजी पुस्ताले व्यवस्था परिर्वतन नभई अवस्था परिवर्तनको माग उठाएको जनाउँदै उहाँले यस पार्टीले मात्रै जेनजीको आशा र भरोसा पूरा गर्ने दाबी गर्नुभयो । “जनताको अवस्थामा परिवर्तन गर्नुपर्नेछ । जनताको पीडा वेदना र युवाको आवश्यकता सम्बोध गर्ने नीति लिनुपर्छ, नेपाली विशेषतको वैज्ञानिक समाजवादको कार्यक्रम अघि सार्नुपर्छ”, सहसंयोजक नेपालले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन