२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘समय नपुगी जन्मिएका शिशुको एक महिनाभित्र अनिवार्य परीक्षण गराउनुपर्ने’

२०८२, २ मंसिर सोमबार १३:५०

काठमाडौँ | आज नोभेम्बर १७ प्रत्येक वर्ष यस दिन समय अगावै जन्मिएका नवजात शिशु दिवस (वल्र्ड प्रिम्याचुरिटी डे) मनाउने गरिन्छ ।

चिकित्सकका अनुसार समय अगावै जन्मिएका नवजात शिशुको आँखामा समस्या हुन सक्छ र त्यसको पहिचान समयमै हुन अत्यन्तै जरुरी छ । यस दिवसले समयपूर्व जन्मिएका शिशुहरू र तिनका परिवारले सामना गर्ने चुनौतीबारे सचेतना बढाउने लक्ष्य राख्दछ ।

आँखा रोग विशेषज्ञ (मेडिकल रेटिना कन्सलटेन्ट) डा एली प्रधान रञ्जितकारले समयपूर्व जन्मिएका शिशुका लागि २८ दिनभित्र आँखाको परीक्षण अनिवार्य रहेको बताउँदै समयमा गरिने उपचारले दृष्टिविहीन हुनबाट जोगिन सक्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, “त्यस्ता शिशुको हकमा ‘रेटिनोप्याथी अफ प्रिम्यच्युरिटी’(आरओपी) जस्ता गम्भीर आँखा रोगको जोखिम उच्च हुन्छ । भर्खरै जन्मिएको नवजात शिशुको आँखा परीक्षण अनिवार्य गर्नुपर्छ । गर्नुभएको छैन भने परीक्षण गराउनुपर्छ नभए जोखिम बढ्दै जान्छ ।”

बाल आँखा रोग विशेषज्ञ डा सिर्जना अधिकारीका अनुसार नौ महिना पुग्नुअघि नै कुनै शिशु जन्मेको छ त्यो बच्चाको आँखाको पर्दामा केही समस्या देखिन सक्छ । उहाँले भन्नुभयो, “जसमा आँखाको पर्दामा रगत जम्ने र समयमा उपचार पाएन भने आँखाको पर्दा र रगतको नशा च्यातिएर बच्चा अन्धो पनि हुन सक्छ । त्यसैले त्यस्ता शिशुलाई एक महिनाभित्र आँखा विशेषज्ञलाई भेटेर परीक्षण गराइहाल्नुपर्छ ।”

डा प्रधानका अनुसार विश्वभर प्रत्येक १० मध्ये एक शिशु समय अगावै जन्मिन्छिन् र नेपालमा यीमध्ये ३० प्रतिशत शिशुमा आरओपी भएको पाइन्छ । उहाँले ३४ हप्ता अगावै जन्मिएका, दुई किलोभन्दा कम तौल भएका, नवजात शिशु सघन उपचार कक्ष (एनआइसियू¬) मा धेरै दिन भर्ना गरेर राखेमा आँखाको समस्या हुन सक्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ