By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    14 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    17 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    17 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    17 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    21 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    20 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    21 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: कोप–३० मा कृषिमन्त्रीको नेतृत्वमा सहभागिता, जलवायु न्यायका लागि आह्वान
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > कोप–३० मा कृषिमन्त्रीको नेतृत्वमा सहभागिता, जलवायु न्यायका लागि आह्वान
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

कोप–३० मा कृषिमन्त्रीको नेतृत्वमा सहभागिता, जलवायु न्यायका लागि आह्वान

साझासवाल
Last updated: November 18, 2025 2:03 pm
साझासवाल
6 Min Read
Share
काठमाडौँ | जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३०औँ सम्मेलन (कोप–३०)मा नेपालले साझा सहकार्य, जलवायु न्याय र दिगो भविष्यका लागि आह्वान गरेको छ ।
ब्राजिलको बेलेममा जारी सम्मेलनमा नेपालले सबै राष्ट्रहरूको राष्ट्रिय निर्धारित योगदान (एनडिसी) प्रतिवेदन पेस गर्ने, अभिसन्धिबाट भएका दायित्व पूरा गर्ने र जलवायु न्यायसम्बन्धी अन्तरराष्ट्रिय न्यायालयको परामर्शात्मक रायलाई सम्मान गर्ने कर्तव्यको बोधसमेत गराएको छ ।
सम्मेलनअन्तर्गत आइतबारको मन्त्रिस्तरीय सत्रलाई सम्बोधन गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियारले विकसित राष्ट्रहरूले विगतमा गरेका जलवायु वित्तसम्बन्धी प्रतिबद्धता पूरा गर्नुपर्ने बताउनुभयो । उहाँले १.५ ‘डिग्री सेल्सियस’को लक्ष्य साकार पार्न उदाउँदो अर्थतन्त्रसहित सबै पक्षले रचनात्मक रूपमा संलग्न हुनुपर्नेमा जोड दिनुभएको वन तथा वातावरण मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव डा महेश्वर ढकालले जानकारी दिनुभयो ।
यसै प्रसङ्गमा मन्त्री परियारले गत जेठमा काठमाडौँमा सम्पन्न सगरमाथा संवादको सन्दर्भ स्मरण गराउँदै युएनएफसिसिसी प्रक्रियामा हिमालसम्बन्धी एजेन्डालाई तुरुन्तै समावेश गर्र्नुपर्ने आवश्यकता औँल्याउनुभएको थियो । यही नोभेम्बर १० तारिखमा सुरु भएर २१ तारिखसम्म चल्ने सम्मेलनमा नेपालको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँले जलवायु न्यायप्रति नेपालको प्रतिबद्धता दोहो¥याउनुभयो ।

शून्य कार्बन उत्सर्जनको मार्गचित्र प्रस्तुत

हिमनदीहरुको तीव्र पग्लिने क्रम, खडेरी, असमान्य बाढी तथा कृषि क्षेत्रमा परेको प्रभावजस्ता नेपालको प्रमुख जलवायु चुनौतीहरूलाई उजागर गर्दै उहाँले नेपालको महत्वाकाङ्क्षी एनडिसी तेस्रोबारे सहभागीहरूलाई जानकारी गराउनुभएको थियो । जसले सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जनको मार्गचित्र प्रस्तुत गरेको छ । “विश्वका सबैभन्दा प्रकृतिसँग नजिक रहेका राष्ट्रहरूमध्ये एकका रूपमा, हाम्रो वन क्षेत्र अहिले ४६ प्रतिशतभन्दा बढी पुगेको छ,” उहाँले जोड दिनुभयो ।
सम्मेलनकै दौरान मन्त्री परियार विभिन्न कार्यक्रममा सहभागी हुँदै द्विपक्षीय तथा बहुपक्षीय तहमा सक्रिय रूपमा संलग्न रहनुभएको थियो । उहाँले ‘फसिल फ्युल ट्रिटी इनिसिएटिभ’द्वारा आयोजित कार्यक्रममा भाग लिँदै स्वच्छ ऊर्जासम्बन्धी अभ्यासहरू विस्तार गर्ने नेपालका योजनाहरू विद्युतीय सवारीसाधन तथा विद्युतीय चुल्होको प्रयोग वृद्धिका पहलहरू बारेमा जानकारी दिनुभएको थियो ।
यसैगरी मन्त्री परियार एलडिसीहरूको मन्त्रिस्तरीय बैठकमा पनि सहभागी हुनुभयो, जहाँ जलवायु परिवर्तनसम्बन्धी एलडिसी समूहको अध्यक्षता हस्तान्तरण गरिएको थियो । बैठकमा मन्त्री परियारले समूहका प्राथमिकताहरू अगाडि बढाउनमा मालावीले गरेको योगदानको प्रशंसा गर्दै, टिमोर–लेस्टेको नयाँ अध्यक्षताप्रति नेपालको ऐक्यबद्धता र समर्थन व्यक्त गर्नुभएको थियो ।
उहाँ अन्तरराष्ट्रिय ठूला बाघ संरक्षण गठबन्धन (आइबिसिए) का सदस्य मुलुकका मन्त्रीहरूसँग बैठकमा सहभागी भई संस्थापक सदस्यका रूपमा नेपाल गठबन्धनका लक्ष्यहरू प्रवद्र्धन गर्न दृढ रहिरहने प्रतिबद्धता दोहो¥याउनुभएको थियो ।
त्यसैगरी द्विपक्षीय छलफलअन्तर्गत उहाँले आइतबार नै हानिनोक्सानी कोषका कार्यकारी निर्देशक इब्राहिम चेइख डियोङसँग भेट गर्नुभएको थियो । दुवै पक्षबीच नेपालको उपयुक्त राष्ट्रिय परियोजनाहरूका लागि उक्त कोषबाट वित्त पहुँचको सम्भावनाबारे विचार आदानप्रदान भएको वन मन्त्रालयले जनाएको छ ।

‘सगरमाथाबाट बेलेमसम्मः जलवायु कार्यअभियान प्रवर्द्धन’

मन्त्री परियारले सोमबार भारतका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री भूपेन्द्र यादवसँग भेट गर्ने कार्यक्रम तय भएको ब्राजिलस्थित नेपाली दूतावासले जनाएको छ ।
आजै नेपालले ‘सगरमाथाबाट बेलेमसम्मः जलवायु कार्यअभियान प्रवर्द्धन’ शीर्षकमा एक सहायक कार्यक्रम आयोजना गर्न लागेको सहसचिव ढकालले जानकारी दिनुभयो । जसको उद्देश्य ‘सगरमाथा कल फर एक्सन’ सार्वजनिक गरेपछि हालसम्म भएको प्रगतिलाई समीक्षा गर्नु तथा युनएनफसिसिसी प्रक्रियाभित्र हिमालको एजेन्डालाई सुदृढ बनाउने रणनीति विकास गर्नु हो । उक्त कार्यक्रममा पर्वतीय मुलुकका मन्त्री तथा वरिष्ठ अधिकारीहरू साथै संयुक्त राष्ट्रसङ्घीय अधिकारीहरूको सहभागिता रहने बताइएको छ ।
सम्मेलनको पूर्वसन्ध्यामा गत कात्तिक २० र २१ गते भएको ‘लिडर समिट’मा पनि वन तथा वातावरण मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्रले नेपालका तर्फबाट वक्तव्य दिँदै विश्वव्यापी सहकार्य, जलवायु न्याय र दिगो भविष्यका लागि तत्कालीन कार्यको आह्वान गर्नुभएको थियो ।
सचिव मिश्रले नेपालले प्रकृतिमैत्री प्रणाली र वातावरणीय संरक्षणलाई सधैँ प्राथमिकतामा राखेको उल्लेख गर्दै जीवाष्म इन्धनको चरणबद्ध अन्त्य गर्दै विद्युतीय सवारी र स्वच्छ ऊर्जातर्फ तीव्र रूपान्तरणमा रहेको अवगत गराउनुभएको थियो । उहाँले नेपालको कार्बन उत्सर्जन अत्यन्त न्यून भए पनि विश्वव्यापी बढ्दो तापक्रमका कारण जलवायुका असरबाट पीडित हुनुपरेको तथ्य उल्लेख गर्नुभएको थियो ।
उहाँले पेरिस सम्झौताले परिणाम दिन थालेको तर आवश्यक गति र परिमाण भने अपेक्षानुसार नभएको उल्लेख गर्दै कमजोर देशका लागि वित्त र प्रविधिको पहुँच अझै जटिल र महँगो भएकाले यसलाई सहज र सबैका लागि सुलभ बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।

हिमालका ‘एजेन्डा’ स्थापित गर्ने प्रयास

कोप–३० मा नेपालले सगरमाथा संवादका निष्कर्षका साथ युएनएफसिसिसी प्रक्रियामा हिमालसम्बन्धी एजेन्डालाई समावेश गर्र्नुपर्ने विषयमा विभिन्न मञ्चमा पहल गरिरहेको वन मन्त्रालयले जनाएको छ । यसका साथै सम्मेलनमा नेपालले जलवायुजन्य हानिनोक्सानी, अनुकूलन, न्यूनीकरण, कार्बन वित्त र पेरिस सम्झौताको धारा ६ विषयमा आधारित रहेको आफ्ना एजेन्डा प्रस्तुत गरिरहेको सहसचिव ढकालले जानकारी दिनुभयो । जलवायु वित्त, जलवायुका विषयमा पारदर्शिता ढाँचा, पर्वत, क्षमता अभिवृद्धि र प्रविधि हस्तान्तरण तथा जलवायु न्यायका विषयमा आधारित रहेर सम्मेलनका कार्यक्रममा भाग लिइरहेको उहाँको भनाइ छ ।
परिवर्तित जलवायुका कारण नेपालमा पछिल्लो समय मनसुनी वर्षाको प्रकृति, मात्रा तथा समय तालिकामा व्यापक हेरफेर देखिन थालेको छ । यस प्रकारको हेरफेरका कारण उत्पन्न हुने जलवायुजन्य प्रकोप र विपद्ले गर्दा नेपालले ठूला जलवायुजन्य हानिनोक्सानीको सामना गर्नु परिरहेको छ । यस वर्ष मात्र बाढी, पहिरो, खडेरी, हिमताल फुट्ने घटना र वन डढेलोका कारण ३०० भन्दा बढी नेपालीले ज्यान गुमाउनुपरेको थियो भने अर्बाैंको नोक्सानी व्यहोर्नुपरेको थियो ।
मन्त्री डा परियार यही नोभेम्बर १५ तारिखमा बेलेम पुग्नुभएको थियो । ब्राजिलस्थित नेपालका राजदूत निर्मलराज काफ्लेसहित कोप–३० मा सहभागी नेपाली सरकारी उच्चअधिकारीहरूले उहाँलाई स्वागत गर्नुभएको थियो । उहाँ नोभेम्बर १९ तारिखमा नेपाल फर्कने कार्यक्रम रहेको छ ।
Share This Article
Facebook Email Copy Link Print
Previous Article एनपिएलः विदेशी खेलाडीको सहभागिताले दर्शक उत्साहित
Next Article बयालिस लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ

You Might Also Like

अर्थ/विकासमुख्य समाचार

आजदेखि सेयर बजार खुल्दै

2 years ago
काठमाडौँ - KTMराजनीति

सानातिना समस्या सहजै हल हुन्छन्ः प्रधानमन्त्री ओली

57 years ago
काठमाडौँ - KTMविश्व

अस्ट्रेलियाका प्रधानमन्त्री मोरिसन भन्छन्, चिनियाँ जनलसेनाले हाम्रो दैलोमा आएर अड्डा बनाउन पाउँदैन

57 years ago
काठमाडौँ - KTMधादिङ्ग - DHGसमाज

मनकामना जाँदै गरेको बस त्रिशूलीमा खस्यो, दुई जनाको मृत्यु

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?